नेपालमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्छः मन्त्री बडू « Khabarhub

नेपालमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्छः मन्त्री बडू


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरूको उत्पादन वृद्धि र स्वेदशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् ।

सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले यस्तो बताएका हुन् ।

उनले आयात र निर्यातबीचको खाडलपुर्ने र स्वदेशमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्‍याउने उद्योगहरूको प्रवर्द्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।

सरकारले प्रस्तावित गरेका सात वटा औद्योगिक क्षेत्र, औद्योगिक ग्राम र विशेष आर्थिक क्षेत्र सञ्चालनमा देखिएका समस्याहरू अन्तरमन्त्रालय समन्वय गरी तत्काल समाधान गर्नुपर्ने पनि उनले बताए ।

मन्त्री बडूले उद्यमशीलता विकासका लागि दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यक्रम तथा योजना बनाउनुपर्नेसमेत बताए ।

औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्दा कतिपय ठाउँमा वर्षौँदेखि बसिरहेका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएकाले पूर्वाधार निर्माण र उनीहरूको व्यवस्थापनको काम सँगसँगै अगाडि बढाउने गरी काम गर्न पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

मन्त्री बडूले उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा, औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको प्रगति विवरणबारे जानकारी लिएका थिए ।

त्यसैगरी उनले कम्पनी रजिष्ट्रारको कार्यालय र लघु, घरेलु तथा साना उद्योग  प्रवर्द्धन केन्द्रबारे पनि जानकारी लिएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : ५० बजे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन