साउदीमा अप्ठेरोमा परेकालाई दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने  « Khabarhub

साउदीमा अप्ठेरोमा परेकालाई दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने 



दोहा  – साउदीबाट विभिन्न कारणले नेपाल फर्किन नपाएकाहरूका लागि रियादस्थित नेपाली दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने भएको छ । कम्पनीले इकामा नबनाइदिएको वा इकामा नवीकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएकाहरूको एक्जिट भिसा प्रोसेसिङ गरिने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कम्पनीले सम्झौता अनुसारको तलब सुविधा दिएको छैन, काम गरेको समयको तलब दिएको छैन, ओभरटाइमको पैसा दिएको छैन, छुट्टीमा घर जान दिएको छैन, अलपत्र पारेको छ, अनावश्यक जरिवाना लगाइदिएको छ, फर्जी कागज बनाएर फसाएको छ भने समाधानको लागि पहल गरिनेछ ।

यस्तो समस्या भएका कामदारले आफ्नो राहदानी र इकामाको फोटोकपी, आफ्नो सुपरभाइजर वा कम्पनीको एचआर वा कफिलको सम्पर्क मोबाइल नम्बर लिएर आउन भनेको छ । इकामा छैन भने साउदी आउँदा अध्यागमनले राहदानीको जुन पेजमा बोर्डर नं. लेखिदिएको दिएको छ त्यो पेजको फोटोकपी लिएर आउन दूतावासले भनेको छ ।

दूतावासले आगामी मे २० तारिखका दिन साउदीको पूर्वी क्षेत्रमा पर्ने दम्माममा समस्यामा परेका नेपाली श्रमिकहरुलाई मध्यनजर गर्दै ‘श्रमिक सचेतना कार्यक्रम कार्यक्रम’मार्फत श्रमिकहरुको समस्या तथा गुनासो संकलन गरी समस्या समाधान गर्न लागेको हो ।

पछिल्लो समयमा साउदीमा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नसकेका, कम्पनीले हुरुब लगाई दिएर जबरजस्ती जेल हालेका र नेपालबाट सम्झौता गरिएअनुसारको काम र तलब नपाएको भन्दै सयौँ नेपाली अलपत्र अवस्थामा भोकभोकै सडकमै रात बिताइरहेका छन् ।

दूतावासले गर्न लागेको यस कार्यक्रमबाट त्यहाँ अलपत्र नेपालीहरूलाई स्वदेश फर्किन सहयोग पुग्ने अपेक्षा गरेको छ । यसअघि पनि दूतावासले एक सूचना जारी गरी पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरुले म्यानपावर र एजेन्टले भने अनुसारको काम र तलब नपाएको गुनासो आइरहेका जनाएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : ५१ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा