पहिला साइकलको संस्कृति नै थियो । हाम्रो आवश्यकतासँग जोडिएको थियो । बिस्तारै घट्दै गयो । सहरमा साइकलका विषयमा धेरै बहस भयो । तर साइकलमैत्री सहर बनाउने विषयमा गम्भीर बहस र व्यवस्थित बाटो भएन । किन यस्तो भयो यसको कारण खोज्नु पर्दछ ।
भिडियोमा हेर्नुहोस्:
यो साइकललाई सजिलो बनाऔँ । यो निर्वाचनपछि जित्नु हुन्छ । उहाँले एउटा भक्तपुरमा बस्ने विद्यार्थीले साइकल चढेर ललितपुर कलेज जान सकोस् त्यस्तो वातावरण तपाईँहरूले बनाइदिनु पर्याे। साइकल चढ्दाका फाइदाहरू आम जनतालाई भनेर त्यसलाई सहज पनि गर्नु पर्दछ ।
साइकललाई व्यवस्थापन गर्न धेरै लगानी लाग्दैन । बैंकबाट ऋण निकाले पनि धेरै खर्च लाग्दैन । म एउटा फाइनान्सियल सेक्टरको व्यक्ति भएको कारणले के भन्न चाहन्छु भने वातावरण जोगाउने सन्दर्भमा अर्थतन्त्र एकदम खस्केको छ । यो खस्किने कुरामा साइकलको कुरा पनि आउँछ । बाँकी यातायातको कुरा पनि आउँछ ।
स्टक मार्केटसँग पनि जोडिन्छ । त्यो के हो भने जब यातायातका साधनहरू आयात बढी हुन्छन् । तब हाम्रो वैदेशिक मुद्रा हाम्रो नेपालको घट्छ । त्यसपछि हामी सेयर बेच्छौँ । र, ‘ब्यालेन्स अफ पेमेन्ट’ घट्छ र ‘रिजर्भ डाउन’ हुन्छ । त्यसको सिधा असर ब्याजदरमा पर्छ । अर्थात साइकल संस्कृति हामीले विकास गर्न सक्यौँ भने अथवा साइकल फेसन भनौँ पहिला थियो । तर त्यो अहिले छैन । त्यो बनाउन के गर्नु पर्ला त ? त्यतातिर लाग्नुपर्छ ।
इतिहासमा हामीले यसको विकासमा ध्यान दिएनौँ । तर अब कुरा उठेको छ । त्यसलाई विकास गर्न र अगाडि बढाउन तपाईँहरू आफ्नो निर्वाचनमा विकासको आधारमा लाग्नुहोस् । ता कि त्यहाँबाट एउटा मोडलिङ तयार हुन्छ । मोडलिङमा सञ्जालको विकास गर्नुपर्छ । सार्वजनिक यातायातभित्र साइकलको पनि सञ्जाल बनाउनुपर्छ ।
अभियन्ताहरूले जे सुकै परिस्थितिमा साइकल चढौँ भन्ने प्रवृतिको विकास गर्नुपर्यो। तर भन्ने एउटा अनि गर्ने अर्काे छ । जस्तो भन्न चाहिँ साइकल चढौँ भन्छौ तर बाइक चढ्छौँ । त्यसकारण बोलेका कुरालाई पुरा गरौँ । समानताका कुरामा पनि केहीमा समानता छैन । पूर्वाधारमा जति लगानी भएको त्यसमा समानता छैन । त्यसैले यो स्पेसको वितरण पनि समान छैन । त्यसलाई समान गर्नुपर्यो। अनि मात्रै साइकल संस्कृतिको विकास हुन सक्छ ।
(खबरहबद्धारा आयोजित ‘साइकलमैत्री सहर’ का विषयमा विरोचन श्रेष्ठले राखेको धारणाको सम्पादित अंशः प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया