श्रीलंकामा रोकिएन प्रदर्शन « Khabarhub

श्रीलंकामा रोकिएन प्रदर्शन


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा लगातार दोश्रो रात पनि हिंसात्मक प्रदर्शन भएका छन् । सरकार विरोधी प्रदर्शनकारीले मंगलबार अबेर र बुधबार सबेरै रातभर प्रदर्शन, आगजनी, तोडफोड र अन्य हिंसात्मक गतिविधिलाई निरन्तरता दिएको बीबीसीले जनाएको छ ।

त्यसअघिको अघिल्लो रात पनि प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । सोमबार सरकार समर्थक प्रदर्शनकारीसँग हिंसात्मक झडप भएपछि श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीहरू आक्रोशित बनेका हुन् ।

आक्रोशित प्रदर्शनकारीले श्रीलंकाका सत्तारुढ राजपाक्षे परिवारको पुर्ख्यौली घरमा पनि आगो लगाइदिएका थिए । मङ्गलबार राजधानी कोलम्बो नजिक पर्ने नेगोम्बो शहरमा प्रदर्शनकारी तोडफोड गरी केही सम्पत्तिमा हानी पुर्‍याएको बीबीसीले जनाएको छ ।

सोमबार यता जारी हिंसात्मक झडपका क्रममा ८ जनाको मृत्यु भइसकेको छ भने अरु २ सय भन्दा धेरै घाइते भएको आशंका गरिएको छ । मारिनेमा सत्तारुढ दलका एकजना सांसद पनि छन् । प्रदर्शनकारीसँगको झडपपछि उनले आत्महत्या गरेको बताइएको छ ।

यसअघि गत सोमबार प्रदर्शनकारीलाई साम्य पार्न प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनfमा दिएको घोषणा गरेका थिए ।

उनले राजीनामा दिनुअघि सरकार विरोधी प्रदर्शनकारी र सरकारका समर्थक प्रदर्शनकारीबीच प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्रिज’ मा झडप भएको थियो ।

उनको राजीनामाका बावजुद सरकार विरोधी प्रदर्शन थामिएको छैन । श्रीलंकामा बुधबारसम्मका लागि कफ्र्यू जारी गरिएको थियो । सोमबार राती मात्र आक्रोशित प्रदर्शनकारीको भीडले राजनीतिक नेता तथा राजपाक्षे परिवारका ५० भन्दा धेरै घरहरूमा आगजनी गरेका थिए ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा केही सातायता सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् ।

हाल निवर्तमान प्रधानमन्त्री राजपाक्षेले मुलुकको उत्तर पूर्वमा रहेको ट्रिङ्कोमाली शहरस्थित नौसेनाको आधारमा शरण लिएको बताइएको छ ।

उक्त नौसैनिक आधार बाहिर पनि प्रदर्शनकारी भेला भएर प्रदर्शनलाई चर्काएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि निवर्तमान प्रधानमन्त्री राजपाक्षेले भारतमा शरण लिएको खबर आएको थियो । यद्यपि श्रीलंकास्थित भारतीय नियोगले भने यस समाचारको खण्डन गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १ : १६ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको