श्रीलंकामा रोकिएन प्रदर्शन « Khabarhub

श्रीलंकामा रोकिएन प्रदर्शन


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा लगातार दोश्रो रात पनि हिंसात्मक प्रदर्शन भएका छन् । सरकार विरोधी प्रदर्शनकारीले मंगलबार अबेर र बुधबार सबेरै रातभर प्रदर्शन, आगजनी, तोडफोड र अन्य हिंसात्मक गतिविधिलाई निरन्तरता दिएको बीबीसीले जनाएको छ ।

त्यसअघिको अघिल्लो रात पनि प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । सोमबार सरकार समर्थक प्रदर्शनकारीसँग हिंसात्मक झडप भएपछि श्रीलंकामा सरकारविरोधी प्रदर्शनकारीहरू आक्रोशित बनेका हुन् ।

आक्रोशित प्रदर्शनकारीले श्रीलंकाका सत्तारुढ राजपाक्षे परिवारको पुर्ख्यौली घरमा पनि आगो लगाइदिएका थिए । मङ्गलबार राजधानी कोलम्बो नजिक पर्ने नेगोम्बो शहरमा प्रदर्शनकारी तोडफोड गरी केही सम्पत्तिमा हानी पुर्‍याएको बीबीसीले जनाएको छ ।

सोमबार यता जारी हिंसात्मक झडपका क्रममा ८ जनाको मृत्यु भइसकेको छ भने अरु २ सय भन्दा धेरै घाइते भएको आशंका गरिएको छ । मारिनेमा सत्तारुढ दलका एकजना सांसद पनि छन् । प्रदर्शनकारीसँगको झडपपछि उनले आत्महत्या गरेको बताइएको छ ।

यसअघि गत सोमबार प्रदर्शनकारीलाई साम्य पार्न प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनfमा दिएको घोषणा गरेका थिए ।

उनले राजीनामा दिनुअघि सरकार विरोधी प्रदर्शनकारी र सरकारका समर्थक प्रदर्शनकारीबीच प्रधानमन्त्रीको सरकारी निवास ‘टेम्पल ट्रिज’ मा झडप भएको थियो ।

उनको राजीनामाका बावजुद सरकार विरोधी प्रदर्शन थामिएको छैन । श्रीलंकामा बुधबारसम्मका लागि कफ्र्यू जारी गरिएको थियो । सोमबार राती मात्र आक्रोशित प्रदर्शनकारीको भीडले राजनीतिक नेता तथा राजपाक्षे परिवारका ५० भन्दा धेरै घरहरूमा आगजनी गरेका थिए ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा केही सातायता सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् ।

हाल निवर्तमान प्रधानमन्त्री राजपाक्षेले मुलुकको उत्तर पूर्वमा रहेको ट्रिङ्कोमाली शहरस्थित नौसेनाको आधारमा शरण लिएको बताइएको छ ।

उक्त नौसैनिक आधार बाहिर पनि प्रदर्शनकारी भेला भएर प्रदर्शनलाई चर्काएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि निवर्तमान प्रधानमन्त्री राजपाक्षेले भारतमा शरण लिएको खबर आएको थियो । यद्यपि श्रीलंकास्थित भारतीय नियोगले भने यस समाचारको खण्डन गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १ : १६ बजे

साढे तीन घण्टा बित्दा पनि सुरू भएन कांग्रेस संस्थापनको बैठक

काठमाडौं : बुधबार बिहान ८ बजेका लागि नेपाली कांग्रेस संस्थापन

लगातार नयाँ रेकर्ड राख्दै सुनचाँदी, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यले आज पनि रेकर्ड कायम गरेको

माघीको मुखमा सखर बनाउने चटारो (तस्बिरहरू)

सर्लाही– माघे सङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका उखु किसानहरूलाई यतिबेला सखर (गुड)

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा

मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति