चिनियाँ सामग्रीको आयात बन्द « Khabarhub

चिनियाँ सामग्रीको आयात बन्द


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– आसन्न  स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट  आयात  कारोबार बन्द गरिएको छ ।

नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

मंगलबार भने १३  ठूलो टेलरमार्फत रेडिमेट तथा हाइड्रोका सामग्री आयात भएको सीमा सुरक्षा पोष्टले जनाएको छ । मतदानको समयभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रिया अनुसार सामान आयात बन्द गरिएको बताइएको छ ।

कोभिड–१९ सङ्क्रमण शुरु भएपश्चात् मानिसको आवतजावत बन्द नाकामा चिनियाँ सवारी चालकले मात्र  एकतर्फी रूपमा रसुवागढी पुर्‍याउँदै आएका छन् ।

यस्तै अधिकांश कर्मचारी निर्वाचनमा परिचालित भइसकेकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै भन्सार जाँचपासको प्रक्रिया केही दिनका लागि स्थगन भएको रसुवागढी भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : ३१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर