जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने « Khabarhub

जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ बाट औपचारिक उडान सुरू गर्ने भएको छ ।

जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो । 

बुद्ध जयन्तीको अवसर पारेर २ जेठबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ । सोही दिन जजिरा एयरवेजले पहिलो उडान गर्न लागेको हो ।

आगामी जुन महिनादेखि रियाद, दमाम, जेद्दा र मदिना सहरबाट नियमित उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । जजिरा एयरवेजले सातामा तीन उडान गर्ने भएको छ । भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी साताको तीन उडान गर्नेगरी जजिरा एयरवेजले उडान तालिका सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएको तालिकाअनुसार आइतबार, मंगलबार, बिहीबार कुवेतबाट भैरहवा आउनेछ । त्यस्तै सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : ०६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा