भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता « Khabarhub

भक्तपुरको जगाती नाका भएर बाहिरिए १७ हजार बढी मतदाता


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- काठमाडौं उपत्यकाको पूर्वी नाका भक्तपुरबाट बुधबार हजारौं मतदाताहरू बाहिरिएका छन् । अरनिको राजमार्ग प्रयोग गरेर जिल्लाका विभिन्न ठाउँहरूमा डेरा गरी बस्ने मतदाताहरू अरनी राजमार्गअन्तर्गत जगाती नाका हुँदै बाहिरिएका हुन् ।

 आ-आफनो घर जानका लागि मतदाताहरू बुधबार बिहानदेखि ठाउँठाउँमा भेला भएर बसेका देखिन्थे । यो क्रम बुधबार दिनभर देखियो । भक्तपुरबाट अरनी तथा विपी राजमार्ग भएर देशका पूर्वी जिल्लाहरूमा जान सकिन्छ ।  

काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीसहित प्रदेश १  र मधेश प्रदेशका जिल्लामा जाने मतदाताहरू भक्तपुरको नाका भएर बुधबार बाहिरिएका हुन् ।  जगाती नाका भएर बुधबार नौ सय दुई वटा सवारीसाधनबाट १७ हजार ६९ यात्रु बाहिरिएको जिल्ला ट्राफिक कार्यालय सल्लाघारी भक्तपुरले जनाएको छ । 

शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि बिहीबार पनि भक्तपुरसहित काठमाडौँ उपत्यकाबाट हजारौँ यात्रु बाहिरिने अनुमान गरिएको छ । 

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : १७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया