आफूविरुद्ध लगाएको आरोप प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाको चुनौती « Khabarhub

आफूविरुद्ध लगाएको आरोप प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाको चुनौती


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप  प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन् । 

बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै थापाले आफूमाथि लगाइएका आरोपमध्ये १४ वटा प्रमाणित गर्न छिरिङलाई चुनौती दिएका हुन् । आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न नसके एन्फा र फिफाको नियमअनुसार कारवाहीको भागेदारी हुने थापाको चेतावनी छ ।

१५ वर्ष सँगै व्यवस्थापनमा रहेका कर्माछिरिङले आफू प्रति लगाएको आरोप प्रेस विज्ञप्ति र भिडियो क्लिपमार्फत थापाले सार्वजनिक गरेका थिए । थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य आरोप प्रमाणित गर्नुस् भन्नु रहेको र एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको स्पष्ट पारे ।
यस्तै उनले चाँडै आफू कानूनी रुपमा राखेप, मन्त्रालय, फिफा लगायतका निकायमा अपिल गर्ने समेत बताए ।

उनले एएफसीका पूर्व अध्यक्ष बीन हमामसँग लिएको एक लाख डलरका कारण फिफाले आफूलाई कारवाही गरेको र त्यो सहर्ष स्विकारेर कारवाही भोगिरहेको बताए ।  

फिफाले थापालाई १० वर्षसम्म कुनैपनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरेर कारवाही गरेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया