पाकिस्तानमा मुद्रास्फीति बढ्दै « Khabarhub

पाकिस्तानमा मुद्रास्फीति बढ्दै


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा मुद्रास्फीति बढ्दै जान थालेको छ । अघिल्लो महिना दुई वर्ष यताकै सबैभन्दा उच्च १२ दशमलब ७ प्रतिशत रहेको मुद्रास्फीति अप्रिल महिनामा बढेर १३ दशमलब ४ प्रतिशत पुगेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

मार्च महिनायता पाकिस्तानको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) बढ्न थालेको बताइएको छ । मुलुकमा मुद्रास्फीति नियन्त्रण गर्नका लागि त्यहाँको सरकारले गत मार्च महिनायता तेलको मूल्यलाई स्थीर राखेको डनले जनाएको छ ।

पाकिस्तानमा सीपीआईसहित सेन्सेटिभ प्राइस इन्डेक्स (एसपीआई) र होलसेल प्राइस इन्डेक्स (डब्लूपीआई) पनि बढेको बताइएको छ ।

मार्च महिनामा १३ प्रतिशत रहेको एसपीआई अप्रिल महिनामा बढेर १४ दशमलब २ प्रतिशत पुगेको र डब्लूपीआई पनि २३ दशमलब ८ प्रतिशतबाट बढेर २८ दशमलब १ प्रतिशत पुगेको डनले जनाएको छ ।

पाकिस्तानमा सन् २०२२ को आर्थिक वर्षमा मुद्रास्फीति ११ दशमलब ०४ प्रतिशत पुगेको छ । सन् २०२०–२१ मा पाकिस्तानमा सीपीआई मुद्रास्फीति ८ दशमलब ९ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : ४८ बजे

एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो

काठमाडौँ– नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) सार्वजनिक गरेको छ ।

खस्किएको भी-टेनको क्रेज

काठमाडौँ- भी-टेनले सार्वजनिक अन्तर्वार्तामा भनेअनुसार उनका बुवा स्वयम्भू आसपास फर्निचरको

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालेन सरकारको स्वास्थ्य बजेट

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब