मतदान केन्द्र निर्माणलाई तीव्रता « Khabarhub

मतदान केन्द्र निर्माणलाई तीव्रता


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा मतदान केन्द्र निर्माणको कार्यलाई तीव्रता दिइएको छ । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको हो । 

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । केही मतदान स्थल र मतदान केन्द्र निर्माण कार्य सकिएको र केही निर्माणको चरणमा रहेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए । 

मतदानस्थल र मतदान केन्द्रहरूमा मतदाताको लाइन निर्माण, मतदान गराउने कर्मचारी बस्ने स्थान, मतपेटिका राख्ने स्थान लगायतको व्यवस्थापनको कार्य भइरहेको उनले बताए । बिहीबार बेलुकीसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेसमेत उनले बताए । 

त्यसैगरी मौसम विभागले मतदानको दिन पानी पर्ने बताएकाले निर्वाचन आयोगले सबै मतदानकेन्द्रमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । आयोगको निर्देशन अनुसार प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्लाका स्थानीय तहहरूले व्यवस्थापन गरेका छन् । एउटा मतदान केन्द्रमा एउटा देखि दुई वटासम्म त्रिपालको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । 

शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गराउनका लागि स्वयंसेवक सहित ४ सय १० जना कर्मचारी खटाइएको छ भने नेपाली सेना बाहेक नेपाल प्रहरी, म्यादी प्रहरी र सशस्त्र प्रहरी गरी ८ सय १ जना खटाइएको छ ।  

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : ५० बजे

कुलमानको स्पष्टीकरण : कसैसँग एकता हुँदैन, नेकपासँग पनि मिल्ने सम्भावना छैन

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’

सिन्धुली- सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, बस्तीपुर हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा

विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका ४ बजेलाई सारियो

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यतालिका संशोधित

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा