उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जंगलमा घाँस काटेर आउने क्रममा बाटोमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा ११ हजार भोल्टको करेन्ट लागेर उनको घटनास्थलमै जलेर ज्यान गएको हो । घाँस काटेर आउँदै गर्दा कटारी नगरपालिका–८ टोड्केपानी चौधकिलो खरबारीमा ६९ वर्षीय गंगामाया खत्रीको ज्यान गएको हो ।

घाँस बोकेर आउँदै गर्दा बाटोमा रहेको फलामको पोेलमा छुन पुग्दा ११ हजार भोल्टको करेन्ट लागेर महिलाको कम्मरमुनी र टाउको जलेर खरानी भएको हो । उकालो बाटोमा हिंड्ने क्रममा बाटोको नजिकै रहेको पोलमा करेन्ट लागेको हो । हावा हुरीले तार झरेर पोलमा करेन्ट लागेको हुन सक्ने पूर्ववडाध्यक्ष कमलश्रेष्ठले जानकारी दिए । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले अनुसन्धान सुरु गरेको जानकारी दिए ।

पूर्ववडाध्यक्ष श्रेष्ठका अनुसार स्थानीयले विद्युत प्राधिकरणको प्रमुख आएर प्रतिबद्धता जनाएपछि मात्रै शव उठाउने भन्दै शव उठाएका छैनन् । नेपाल विद्युत प्राधिकरण कटारी शाखाका प्रमुख सन्तोष कार्कीले मृतकका परिवारलाई ५ लाख क्षतिपूर्ति दिने व्यवस्था रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १० : ३५ बजे

बेलायतका प्रधानमन्त्री स्टार्मर र प्यालेस्टिनी राष्ट्रपति अब्बासबीच फोनवार्ता

रामल्ला– बेलायती प्रधानमन्त्री कीर स्टारमरले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग बुधबार

समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

काठमाडौं – गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी

सहज छैन बागमतीमा बानियाँको मुख्यमन्त्री यात्रा

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय

युवा संघले बडीमालिका यात्रामा स्वयम् सेवक खटाउने

धनगढी– यतिबेला धर्तीको भू स्वर्ग बडीमालिका धार्मिक यात्राको मौसम चलिरहेको छ

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली