ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाइ  « Khabarhub

ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाइ 


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय सीमाभित्र काम सुरु नगरेपछि स्थानीयको उपस्थितिमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाइ कार्यक्रम राखेको जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई लगायतको उपस्थिति रहेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयले सडक ढलानको अवरुद्ध काम तत्काल सुरु गरेर सम्पन्न गर्नुपर्ने माग राखेका छन् ।

लामो समयदेखि दिक्तेलबजारको सडक ढलान कार्य स्थगित हुँदा बजार क्षेत्रमा यातायात अवरुद्ध भएको, स्थानीयलाई हिँडडुल गर्न समस्या भएको, दुर्घटनाको जोखिम निम्तिएको स्थानीय नेत्र कट्वालले बताए ।

दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिबेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले हाल बेस क्याम्प क्षेत्रमा पुगेर सडक ढलानको काम अलपत्र पारेको छ । आलटालको शैलीमा काम गर्दै आएको निर्माण कम्पनीले गत वैशाख दोस्रो साता यता काम ठप्प पारेको हो ।

निर्माण कम्पनीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाको २ करोड ६८ लाख बजेटमा २० मङ्सिर २०७८ सम्ममा बजार सडक ढलानको काम पूरा गर्ने गरी १० असार २०७८ मा सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत २२ असोज राती ढलान सकेको थियो । तर, बेस क्याम्पबाट त्रिबेणीचोकसम्मको ढलानका लागि बेस क्याम्प क्षेत्रमा स्काभेटरले सडक खनेर असरल्ल छाड्दा आवत–जावत गर्न समस्या सिर्जना भएको हो ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : १२ बजे

रास्वपापछि राप्रपालाई पनि लाग्यो महाधिवेशन, आगामी केन्द्रीय कार्यसम्पादन समितिले मिति तोक्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई मार्ने धम्की दिने पाठक पुगे कारागार

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १०

ब्रिक्स बैठकमा इरान-यूएई भनाभन, सदस्य राष्ट्रले जारी गर्न सकेनन् साझा वक्तव्य

नयाँदिल्ली- ब्रिक्स देशहरूको नयाँ दिल्लीमा भएको दुई दिने विदेश मन्त्रीहरूको

पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ, लागत ५ खर्ब ४४ अर्बले बढ्यो

काठमाडौं – बहुप्रतीक्षित पूर्व–पश्चिम रेलमार्ग निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत

काठमाडौंमा मेट्रोरेल सञ्चालन गर्न प्रभावकारी मोडालिटी तय गर्न महालेखाको सुझाव

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनका लागि