निसीखोलाका टोलमै पुगेर स्वास्थ्य परीक्षण « Khabarhub

निसीखोलाका टोलमै पुगेर स्वास्थ्य परीक्षण


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ ।

गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ ।

अध्यक्ष घर्तीमगरले भने, ‘उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुने हुँदा गाउँपालिकाले नै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ, हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधिको समेत व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।’

गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि टोल–टोलमै स्वास्थ्यकर्मी खटाउने अध्यक्ष घर्तीमगरको भनाइ छ । उनले गाउँपालिकामा रहेका अपाङ्गता र ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत सङ्कलन गरी स्वास्थ्य परीक्षणलाई प्रभावकारी गराउने बताए । अध्यक्ष घर्तीमगरले गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्नेसमेत निर्णय गरेको बताए।

गाउँ कार्यपालिका बैठकले पालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकामा कुनै पनि बिरामी परे उनीहरुलाई तुरुन्तै अस्पतालसम्म पुर्‍याउनका लागि अहिले निसीखोलामा एउटा पनि एम्बुलेन्स छैन । अब गाउँपालिकाले नयाँ आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने अध्यक्ष घर्तीमगरको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : ३० बजे

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६