बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु « Khabarhub

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरूमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले जानकारी दिए । उनले भने, ‘यस वर्ष पानी परिरहेकाले अब केही दिनपछि त जिल्लाका अधिकांश ठाउँहरूमा रोपाइँ धमाधम हुनेछ । मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुफाँटमा यतिबेला धमाधम धान रोपाइँ भइरहेको छ’ । यहाँ किसानले समूह बनाएर धान रोपाइँ गरिरहेका छन् । स्थानीयवासीले घेर्मुफाँटमा जौधान, मार्सी, झिनुवा, एक्ले जातको धान लगाउने गरेका छन् । 

त्यस्तै सञ्चारकर्मीसमेत रहेका मध्यनेपाल नगरपालिकाका किसान संगीत नेपालीका अनुसार मध्यनेपालका रिस्ती, भोर्लेटार फाँटलगायत पानी भएको ठाउँहरूमा रोपाइँ सुरु भएको छ । जिल्लाका केही ठाउँहरूमा रोपाइँका लागि तीव्र तयारी भइरहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा रोपाइँका लागि आली ताँस्ने, भित्ता सफा गर्ने, बाजो जमिन जोत्नेलगायत कार्य भइरहेको स्थानीयवासी ईश्वर सेढाईंले बताए । उनले भने, ‘अब यी कामहरू सकेपछि यहाँका किसानले केही दिनपछि रोपाइँ सुरु गर्नेछन्’ । मस्र्याङ्दी गाउँपालिका–८ घाम्राङका बासिन्दा गमप्रसाद गुरुङले भने, ‘पानी परिरहेको र अब आउने बिहीबारदेखि यहाँका स्थानीयवासीले रोपाइँ सुरु गर्न लागेका छन् । जिल्लामा ठूला–ठूला फाँटहरू रामचोकबेँसी, राइनासटार, धमिलिकुवाँ, चक्रतीर्थ, भलाखर्क,  भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा चाँडै रोपाइँ सुरु भएको उक्त केन्द्रले जनाएको छ । 

जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता  उन्नत जातका धानलगायत  मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२सुक्खा–३ जातका धान लगाउने गरेका छन् । गत  वर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिक टन धान उत्पादन भएको थियो । -रासस

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  १ : ०२ बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी