शाहरुखको विषयमा बोले अजय | Khabarhub Khabarhub

शाहरुखको विषयमा बोले अजय


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अजय देवगण अभिनीत फिल्म ‘सन् अफ सरदार’ र शाहरुख खान अभिनीत फिल्म ‘जब तक है जान’ बक्स अफिसमा भिडे पश्चात यी दुईको सम्बन्ध ठीकठाक नरहेको खबर मिडियामा आइरहे । मिडिया मात्र नभई यी दुईका फ्यान क्लबका सदस्यहरू पनि एकआपसमा भिड्ने गरेका छन् । यद्यपि वास्तविकता त्यस्तो नहुने अजयले बताएका छन् । अजयले एक इभेन्टमा आफ्नो सम्बन्ध शाहरुखसँग सुमधुर रहेको बताएका छन् । 

‘कहिले कहीँ हाम्रो फ्यान क्लबमा रहेका फ्यानहरू भिड्ने गरेका छन् । त्यो हेर्दा दुई कलाकार भिडे जस्तो लाग्ला । यद्यपि वास्तविकता त्यो होइन । हामी त्यसलाई गम्भीरतापूर्वक लिदैनौँ’ अजयले भने । उनले आफूहरू बीच फोनमा कुराकानी हुने र मिडियामा आए जस्तो सम्बन्ध नबिग्रिएको बताए । ‘हाम्रो सत्यता कमै मिडियामा आउने गरेका छन् । केवल हल्लाको भरमा आउने समाचारको के कुरा गर्नु’ अजयले भने । अजयको पत्नी काजोल शाहरुखसँग नजिक छिन् । यी दुईको सम्बन्ध हार्दिक छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : १८ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास