स्पष्ट बहुमत हुँदाहुँदै पनि त्रियुगा नगर कार्यपालिकामा हार्‍यो काँग्रेस « Khabarhub

स्पष्ट बहुमत हुँदाहुँदै पनि त्रियुगा नगर कार्यपालिकामा हार्‍यो काँग्रेस


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- त्रियुगा नगर कार्यपालिकाको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली काँग्रेसका सदस्यहरूले ‘फ्लोवर क्रस’ गर्दा बामगठन्धन निर्वाचित भएको हो ।

त्रियुगा नगर कार्यपालिकामा नेपाली काँग्रेसको स्पष्ट बहुमत थियो । तर, निर्वाचनमा दुई मत ‘फ्लोवर क्रस’ हुँदा विपक्षी बाम गठबन्धन विजयी भएको हो । महिला, दलित, अल्पसंख्याकलाई कार्यपालिकामा निर्वाचित गराउने क्रममा काँग्रेसले ‘फ्लोवर क्रस’ गरेपछि बाम गठबन्धनको जित भएको हो । आठ जना उम्मेदवारलाई कार्यपालिका सदस्यमा निर्वाचित गर्नुपर्नेमा फ्लोवर क्रस गरेर सात जना निर्वाचित भए पनि एक जनाको बराबरी मत आएको थियो । पछि गोला प्रथाद्वारा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएको छ ।

त्रियुगा नगरपालिकामा कुल ८२ मत रहेकोमा नेपाली काँग्रेसको मात्रै ४२ मत थियो भने बाम गठबन्धनको ४० मत मात्र थियो । अल्पसङ्ख्यकबाट नेकपा एमालेका डिल्लीसेर राई र नेकपा माओवादी केन्द्रका विमल राईले ४२–४२ मत प्राप्त गरी निर्वाचित भएका छन्  । यसैगरी, महिलातर्फ गीताकुमारी उप्रेती एमाले, रेणुका श्रेष्ठ एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भए ।

दलित तर्फबाट कुन्ती परियार नेकपा माओवादी केन्द्र, सुनिता गजमेर नेकपा एमालेले ४१–४१ मत प्राप्त गरी निर्वाचित भएका छन् भने काँग्रेसका बलदेव विश्वकर्मा र नेकपा माओवादी केन्द्रका प्रल्हाद कुमार विश्वकर्माको ४१–४१ मत बराबरी आएपछि गोला प्रथाद्वारा काँग्रेसका बलदेव विश्वकर्मा निर्वाचित भए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आठ जना कार्यपालिका सदस्य मध्ये नेकपा एमालेले चार सिट, नेकपा माओवादी केन्द्रले तीन सिट र गोला प्रथाद्वारा  काँग्रेसले एक सिट हात पारेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ५ : ४६ बजे

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने