घरको छतबाट खस्दा नागार्जुनमा एक जनाको मृत्यु « Khabarhub

घरको छतबाट खस्दा नागार्जुनमा एक जनाको मृत्यु


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकामा एक व्यक्ति घरको पाँच तलामाथिबाट खस्दा मृत्यु भएको छ। मृत्यु हुनेमा नागार्जुन नगरपालिका-४ सीतापाइला घर भएका ३७ वर्षीय जितेन्द्र श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए । 

उनी शनिबार दिउँसो १२:४५ बजेको समयमा घरको छतबाट पानी भर्ने क्रममा चिप्लिएर खसेका थिए । चिप्लेर खस्दा घाइते भएका उनलाई तत्काल उपचारको लागि शुभेच्छा अस्पताल सीतापाइला लगिएको भए पनि उनको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ६ : २६ बजे

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक