प्रसारण लाइनमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न सेनालाई मन्त्री भुसालको निर्देशन « Khabarhub

प्रसारण लाइनमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न सेनालाई मन्त्री भुसालको निर्देशन


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नुवाकोटको ककनी–७ मा अवस्थित नेपाल विद्युत् प्राधिकरणको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनमा एक व्यक्ति चढेपछि निजलाई उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निर्देशन दिएकी छन्।

आज बिहान ११ बजे सो प्रसारण लाइनमा ती व्यक्ति चढेपछि विद्युत् प्रसारण अवरुद्ध छ । उच्च क्षमताको प्रसारण लाइनमा मानिस चढेपछि त्यसको प्रभाव दशेभर परेको छ । प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि माथिल्लो त्रिशूली थ्री ए लगायतका केही आयोजनाको बिजुली उत्पादन बन्द गर्नु परेको छ । प्रणालीमा ६५ मेगावाट बिजुली अपुग भएको छ ।

माथिल्लो त्रिशूली थ्री ए ६० मेगावाट क्षमतामा नै चलीरहेको थियो भने अन्य केही आयोजनाको बिजुली समेत सोही प्रसारण लाइनमार्फत काठमाडौँ ल्याइएको छ । स्थानीयवासीका अनुसार प्रसारण लाइनमा चढ्ने व्यक्ति बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन् । उनलाई प्रहरी र स्थानीयवासीले निरन्तर तल झार्ने प्रयास गरे पनि हालसम्म सफलता हात लागेको छैन । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले झन्डै ६ घण्टादेखि ६५ मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको जानकारी दिए।

मन्त्री भुसालले प्रसारण लाइनमा झुन्डिएका माइलाको उद्धारका लागि नेपाली सेनालाई आग्रह गरेकी छन् । उनले भनिन् “विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकोप्टरबाट भएपनि उद्धार गरौँ भनेर सेनालाई आग्रह गरेको छु ।”

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ६ : ४४ बजे

राष्ट्रियसभा बैठक पनि अवरुद्ध

काठमाडौं– नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै

करको दरमा गडबडी, राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा उल्लिखित

बालेनलाई हर्कको व्यङ्ग्य : बोलाउँदा आउँदैनन्, बोकेर ल्याउने चलन पनि छैन

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहमाथि

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको