युरोपेली आयोगकी प्रमुख युक्रेनको भ्रमणमा « Khabarhub

युरोपेली आयोगकी प्रमुख युक्रेनको भ्रमणमा


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लायनले रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण गरेकी छिन् ।

युरोपेली संघले गर्ने सहयोगका बारेमा छलफल गर्न उनी युक्रेन आएको युक्रेनी अधिकारीहरुले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संघमा युक्रेनको सदस्यताका बारेमा छलफल गरेको बताइएको छ ।

चाँडै सदस्यता पाउन युक्रेनले संघलाई अनुरोध गरिरहेका बेला युरोपेली आयोगकी प्रमुखले युक्रेनको भ्रमण गरेकी हुन् । संघले भने यसअघि नै तत्काल सदस्यता दिन नसकिने बताएको थियो ।

उनीहरुका बीचमा युक्रेनको युद्ध अन्त्य गर्ने र पुनर्निर्माण गर्ने बारेमा पनि छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

युरोपेली संघले रुसको आक्रमणप्रति सुरुदेखि नै आपत्ति जनाउदै आएको छ । तत्काल आक्रमण रोक्न संघले रुसलाई आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : ०९ बजे

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर