प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् ९ वटा सम्भावित कार्यसूची « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् ९ वटा सम्भावित कार्यसूची

गृहमन्त्रीले संसदमा आज राज्य व्यवस्था समितिको प्रतिवेदन पेश गर्ने


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नौ वटा सम्भावित कार्यसूची राखिएको छ।

संसद् सचिवालयकाअनुसार अनुसार आज गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्नेछन्।

त्यस्तै, उनले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले ‘रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘औषधी (तेस्रो संशोधन) विधेयक २०७९ छलफल तथा पारितका लागि पेश गर्नेछन्।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : ३४ बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका