दुई वर्षदेखि साउदीमा अलपत्र ४ युवा स्वदेश फर्कँदै « Khabarhub

दुई वर्षदेखि साउदीमा अलपत्र ४ युवा स्वदेश फर्कँदै



दोहा – रोजगारीका लागि साउदी अरेबिया पुगेर करिब दुई वर्षदेखि अलपत्र परेका ४ नेपाली युवा स्वदेश फर्किने तयारीमा रहेका छन् ।

पीडितहरूलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अल-कासिमको समन्वय र रियादस्थित नेपाली दूतावासको विशेष पहलमा एक्जिट भिसा लगाइ स्वदेश फर्काउन लागिएको हो ।

पीडितहरूमा चितवनका कर्णबहादुर घर्ती, रुपन्देहीका द्वयदिप नारायण चाइ, कुमार सहानी र झापाका नवीन दराइ नेपालीको दूतावासको पूर्वी क्षेत्रका जनसम्पर्क अधिकारी नारायण पास्वानमार्फत दम्माम हुँदै एनआरएनए क्षेत्रीय समन्वय समितिका संरक्षक विशाल श्रेष्ठकोमा पुगेका थिए ।

एनआरएनए अल कासिम संरक्षक तथा अल कासिमका लागि दूतावास प्रतिनिधि श्रेष्ठको सम्पर्कमा पुगेका पीडितहरूलाई श्रेष्ठकै पहलमा एक्जिट भिसा लगाएर नेपाल जानको लागि जुबेल फर्केको एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमले जनाएको छ ।

पीडित चारै जना एक्जिट भिसाका लागि अन्य डकुमेन्ट लिएर अल कासिममा जुन १६ तारिखका दिन सम्पर्कमा आएका र उक्त दिन नै लेवरकोर्टमा श्रेष्ठकै पहलमा एक्जिट भिसाको लागि डकुमेन्ट बुझाइएको थियो ।

तत्पश्चात लगातार फलो गरेर गत जुन ३० तारिखका दिन उनीहरुको एक्जिट भिसा लागेको थियो र पीडितहरु चारै जना सोही दिन स्वदेश फर्कनका लागि हवाई टिकट व्यवस्था गर्न जुबेल गएको र टिकट हुने बित्तिकै नेपाल फर्कने एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिमले जनाएको छ ।

गत जुन २२ तारिख पनि कम्पनी छाडेर भागेकोले (हुरुप) लागेर नेपाल फर्कन नसकेका दोलखाका अर्जुन राया, कैलालीका कुसुराम चौधरी, कपिलवस्तुका प्रेम थापा, रौतहटका फारुक देवान र झापा देवी प्रसाद ओलीलाई आरसिसी अल-कासिमको समन्वय र दूतावासको पहलमा नेपाल फर्काइएको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : ५७ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,