संवैधानिक परिषद् ऐन र नागरिकता विधेयकमाथि नारायणकाजीको आपत्ति « Khabarhub

संवैधानिक परिषद् ऐन र नागरिकता विधेयकमाथि नारायणकाजीको आपत्ति


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा प्रस्तुत भएको संवैधानिक परिषद् ऐन र नयाँ नागरिकता विधेयकमाथि पाँच दलीय गठबन्धनभित्र छलफल गर्न माग गरेका छन् ।

विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्ने प्रावधानको विरोध गर्नेले पुनः सोही प्रावधान राखेर संवैधानिक परिषद् विधेयक ल्याउनु दोहोरो चरित्र भएको भन्दै उनले पाँच दलीय गठबन्धनमा छलफलको माग गरेका हुन् ।

बाबुआमा दुवै नेपाली नागरिक भएका सन्तानले समेत नागरिकता नपाई राज्यविहीन भएर भोग्नु परेको पीडाको तत्काल अन्त्य गर्न उनीहरूलाई नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था गरिहाल्नु पर्ने उनको माग छ । ‘राज्य व्यवस्था समितिले पारित गरेको अरू प्रावधानलाई लत्त्याएर अल्पमतमा परेको प्रावधान लागू गर्ने गरी कानुनी व्यवस्था गर्नु स्वीकार्य हुँदैन।’ उनले भनेका छन् ।

‘यस्तो संवेदनशील मुद्दामा अल्पमतमा परेको प्रावधान लागू गर्ने गरी अघि बढ्न खोज्नु न्यूनतम लोकतान्त्रिक मान्यताको विरुद्ध हुन्छ, छलफल गरौँ र सकारात्मक समाधान निकालौँ ।’श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : ४७ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६