नागरिकता र संवैधानिक विधेयकमा सहमति जुटाउन गृहमन्त्रीको दौडधुप जारी « Khabarhub

नागरिकता र संवैधानिक विधेयकमा सहमति जुटाउन गृहमन्त्रीको दौडधुप जारी


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले ल्याउन खोजेको नागरिकता र संसदमा दर्ता भएको संवैधानिक परिषद् विधेयकमा सहमति जुटाउन गृहमन्त्री वालकृष्ण खाणले सक्रियता बढाएका छन्।

आइतबार साँझ नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङलाई भेटेका गृहमन्त्री खाणले सोमबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

जन्मसिद्धको आधारमा नागरिकता लिएकालाई वंशजको नागरिकता दिने विधेयक र बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने प्रावधानसहित दर्ता भएको विधेयकमा कांग्रेस र प्रमुख प्रतिपक्ष दल भित्रबाट नै विरोध भइरहेको छ ।

कानुन मन्त्री गोविन्द शर्मा कोइरालासहित आफूलाई भेट्न आएका गृहमन्त्री खाणलाई नेम्वाङले संसदमा टेबुल भएपछि मात्रै प्रतिक्रिया दिने जनाएका छन् । ‘नागरिकता विधेयकमा के के आउँदैछ, त्यो हेरेपछि मात्रै एमालेको पोजिसन रहन्छ,’ नेम्वाङले खाणलाई जवाफ दिएका छन् । विगतमा दलहरुबीच सहमति भएको बुँदा नै समेटेर नयाँ विधेयक ल्याउन खोजेको खाणले जनाएपछि नेम्वाङले भने अध्ययनपछि मात्रै प्रतिक्रिया दिने जवाफ दिएका छन् ।

तत्कालीन केपी शर्मा ओलीले बहुमत सदस्यको उपस्थितिमा संवैधानिक निकायमा नियुक्ति गर्नेसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गरेको कांग्रेसले कुन हिसाबले सोही प्रावधान राखेर संवैधानिक परिषद्को विधेयक ल्याएको हो ? त्यसको जवाफ दिनु पर्ने नेम्वाङको भनाई छ ।

पार्टी भित्रका शेखर कोइराला समूहका नेता अर्थात् गगन थापा लगायतले सरकारले ल्याउन खोजेको संवैधानिक परिषद् विधेयकप्रति आपत्ति जनाउँदै आएका छन् । ‘ओली सरकारले ल्याउँदा बेठिक आफूले ल्याउँदा ठिक’ भन्ने दोहोरो नीति चलाउन नहुने भन्दै सो विधेयक फिर्ता लिनु पर्ने माग गरिरहेको बेला गृहमन्त्री खाण भने माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन् ।

नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। संसदको राज्य व्यवस्था समितिले २०७७  असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको अवस्था भए पनि गत २४ असारमा २४ गते फिर्ता लिने निर्णय गरेर नयाँ पेस गर्ने जनाएको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ५५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।