प्रदर्शन तय गर्दै ‘प्रपञ्च’ को गीत रिलिज (भिडियो)  | Khabarhub Khabarhub

प्रदर्शन तय गर्दै ‘प्रपञ्च’ को गीत रिलिज (भिडियो) 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’ को गीत रिलिज भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो ।

गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझी प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । तेञ्जु योञ्जनले नृत्य निर्देशन गरेकी छन् ।

असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रपञ्च’ मा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुष मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी लगायतको अभिनय छ ।

 फिल्ममा प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : १३ बजे

टी–२० विश्वकप : नेपालसामू टेस्ट टोलीलाई स्तब्ध पार्ने अवसर

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले

पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै

एजेन्सी – पाकिस्तानी विद्युतीय सञ्चार माध्यमका सम्पादक एवम् निर्देशकहरुको संघले

मधेश सरकारको नीति तथा कार्यक्रम : कृषि, शिक्षा र पर्यटन प्राथमिकतामा (पूर्णपाठ)

जनकपुरधाम । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति

चीनमा अमेरिकी शिक्षकमाथि छुरा प्रहार, ह्वाइट हाउसद्वारा गम्भीर चिन्ता व्यक्त

वासिङ्टन – उत्तरपूर्वी चीनमा हालै चार जना अमेरिकी कलेजका शिक्षकमाथि

ओडिशाको मुख्यमन्त्री बन्दै मोहनचरण माझी

भुवनेश्वर – भारतीय जनता पार्टी (भाजपा) नेता मोहन चरण माझी