प्रदर्शन तय गर्दै ‘प्रपञ्च’ को गीत रिलिज (भिडियो)  « Khabarhub

प्रदर्शन तय गर्दै ‘प्रपञ्च’ को गीत रिलिज (भिडियो) 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बीएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’ को गीत रिलिज भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो ।

गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझी प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । तेञ्जु योञ्जनले नृत्य निर्देशन गरेकी छन् ।

असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रपञ्च’ मा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुष मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी लगायतको अभिनय छ ।

 फिल्ममा प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : १३ बजे

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले