राष्ट्रिय टिममा बसिरको डेब्यु  « Khabarhub

राष्ट्रिय टिममा बसिरको डेब्यु 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा ब्याटर बसिर अहमदले राष्ट्रिय क्रिकेट टिममा डेब्यु पाएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत  नामिबियाविरुद्धको खेलमा पहिलो ११ मा परेसँगै बसिरले औपचारिक रुपमा डेब्यु पाएका हुन् ।

१८ वर्षीय बसिर अलराउण्डरका रुपमा समेत परिचित छन् । घरेलु प्रतियोगिता तथा उमेर समूहको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बसिरले गत वैशाखमा जिम्बाव्वे ‘ए’ सँगको खेलमा टी २० खेल र एक दिवसीय खेलमा नेपालबाट खेलिसकेका छन् । यद्यपि, सो खेल अनौपचारिक थियो ।

बसिरले नेपालको यु १९ टिमबाट समेत खेलिसकेका छन् । यस्तै, घरेलु प्रतियोगितामा भने प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ बाट खेलेका थिए । जुन प्रतियोगिता रुपन्देहीले जित्दा बसिर प्लेयर अफ द सिरिज चुनिएका थिए ।

नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दैछ । यस खेलमा डेब्यु पाएका बसिर एकदिवसीयमा खेल नेपालको प्रतिनिधित्व गर्ने ३३औँ खेलाडी हुन् । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ । प्रतियोगिता अघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो । यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एक दिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।

नामिबियाविरुद्ध नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : ५३ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको