प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न « Khabarhub

प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन सम्पन्न


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रवासी नेपाली मञ्च इजरायलको दोश्रो राष्ट्रिय अधिवेशन शुक्रबार जुम भर्चुअलबाट भव्यतापूर्वक सम्पन्न भएको छ । 

उक्त कार्यक्रमको अध्यक्षता निवतृमान अध्यक्ष तीर्थ गौतमले गरेका थिए भने, नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यता विशेष अतिथिको रुपमा नेकपा (एमाले)  पोलिट ब्युरो सदस्य पूर्व उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य युवा इन्चार्ज कमरेड महेश बस्नेत प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय  कमिटी अध्यक्ष भक्त गुरुङ  र सचिव रमेश पाण्डेको अतिथ्यतामा अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सल्लाहकार प्रमुख सञ्जय थापा विभिन्न रिजनका इन्चार्जहरू राष्ट्रिय कमिटीका अध्यक्षहरूको सहभागिता थियो । त्यसै गरि इजरायलमा भएका सम्पूर्ण संगठन र संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

उद्घाटन सत्र जुम भर्चुअलमा थियो भने बन्दसत्र तेलभिबको इबा होटलमा रहेको थियो उक्त बन्द सत्रमा सर्वसम्मत  ज्योति शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्ष गीता सुवेदी, सचिव  मिना चुडाल ,उपसचिव पायल कटुवाल, उपसचिव शीब राज खड्का, आर्थिक विभाग प्रमुख पार्वती केसी, महिला विभाग प्रमुख ठुली चन्द्रकला कोयि राई ,यूवा संयोजक धिरेन्द्र कुमार (समिर)  प्रधान, सांस्कृतिक विभाग प्रमुख नवराज वली ,प्रचार तथा प्रकाशन विभाग प्रमुख रमेश जोशी, सदस्यहरू अना तिमल्सिना, नरेन्द्र लामिछाने, जानु जि. सि, गोबिन्द राजथला, रश्मि राई, इन्दिरा के.सी ,गोमा उप्रेती, सिता कोइराला, इबा कार्की, कविता श्रेष्ठ ,जानुका चापागाईँ , पवित्रा भण्डारी चयन भएको कुरा नवनिर्वाचित उपसचिव शिवराज खड्काले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ०३ बजे

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा