नबिल र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार सुरु « Khabarhub

नबिल र नेपाल बङ्गलादेश बैंकको एकीकृत कारोबार सुरु


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच भएको मर्जसम्बन्धी सम्पूर्ण कार्य समापन भई आजदेखि एकीकृत कारोबार सुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेसँगै नेपाल बङ्गलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको ।

दुई बैंकको एकीकृत कारोबार सुरु गरेको अवसरमा आज आयोजित समारोहमा समग्र बैंकिङ प्रणालीको आवश्यकतालाई समेत दृष्टिगत गर्दै बैंकप्रति सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यस्तो कदम चालेको बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागीले बैंकिङ क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउने हुँदा स्थिर अर्थतन्त्रका लागि विश्वसनीय बैंकिङ प्रणालीको भूमिका महत्वपूर्ण रहने बताए । मुख्य सचिव बैरागीले बजारमा हल्ला भएजस्तो मुलुकाको अर्थतन्त्र श्रीलङ्काको जस्तो नरहे पनि सचेत र चनाखो भने हुनुपर्ने बताए ।

कार्यक्रममा बैंकिङ प्रणालीमा स्वस्थ प्रतिस्पर्धा, व्यावहारिक नाफा र सामाजिक उत्तरदायित्वका बारेमा बैंकहरुले मनन गर्नुपर्ने उनको भनाइ थियो । दुबै बैंकलाई राष्ट्र बैंकले यही असार १५ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकले असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : ४६ बजे

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा