आइएमई जनलर इन्स्योरेन्सको बोर्ड सदस्यमा इन्फाडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त « Khabarhub

आइएमई जनलर इन्स्योरेन्सको बोर्ड सदस्यमा इन्फाडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइएमई जनलर इन्स्योरेन्स लिमिटेडको बोर्ड सदस्यमा इन्फोडेभलपर्सका सिइओ उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् ।

उमेश रघुवंशी नेपालको आइटी क्षेत्रको एक परिचित नाम हो । २० वर्षअघि उनको नेतृत्वले सुरु गरेको इन्फोडेभलपर्स कम्पनीले ३५० बढीलाई रोजगारी दिइरहेको छ ।

माइक्रोफाइनान्स, सहकारी र सरकारी सेवा र सुविधालाई प्रविधिमैत्री बनाउन यस कम्पनीले महत्त्वपूर्ण योगदान दिएको छ । सन् २००१ मा स्थापना भएको आइएमई जनरल इन्सुरेन्स कम्पनी उत्कृष्ट बिमा कम्पनीको रुपमा परिचित छ ।

२ अर्बको चुत्ता पुजी रहेको कम्पनीमा बैंकिङ, हाइड्रोपावर र ट्रेडिङ क्षेत्रका परिचित व्यक्ति तथा समूहहरूको संलग्नता रहेको छ । कम्पनीका बोर्ड निर्देशकहरूमा अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी, सिताराम थापा र कृष्ण प्रसाद शर्मा रहेका छन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : १८ बजे

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका