नेपालको पयर्टन प्रवर्द्धनमा कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने पर्यटनमन्त्री श्रेष्ठको भनाइ « Khabarhub

नेपालको पयर्टन प्रवर्द्धनमा कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने पर्यटनमन्त्री श्रेष्ठको भनाइ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको पयर्टन प्रवर्द्धनका लागि कूटनीतिज्ञको भूमिका महत्वपूर्ण हुने बताएका छन् । विभिन्न देशका लागि सरकारले हालै नियुक्त तथा प्रस्तावित राजदूतसँग मन्त्रालयमा आज आयोजित अन्तरक्रियामा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिक क्षेत्रको प्रभावकारी महत्व हुने बताएका हुन् ।

महामारीका कारण घट्दै गएको पर्यटन उद्योगलाई गतिशील बनाउन विदेशस्थित नेपाली नियोग क्रियाशील हुनुपर्ने उनको भनाइ थियो । राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासले पर्यटक आकर्षित गर्ने योजना तथा कार्यक्रम ल्याउनुपर्ने बताउँदै मन्त्री श्रेष्ठले राजदूतहरूले व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले पर्यटन विस्तारका लागि हवाई उडानको भूमिका महत्वपूर्ण हुने बताउँदै सरकारले हवाई यातायात र विमानस्थललाई सुरक्षामैत्री बनाउने बताए । मन्त्री श्रेष्ठले छिमेकी मुलुक भारतलाई नयाँ हवाई प्रवेश विन्दु खुला गरिदिन आग्रह गरिएको जानकारी दिँदै आफ्नो कार्यकालमा नयाँ प्रवेश विन्दु खुला हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नवनियुक्त तथा प्रस्तावित राजदूतहरूले नेपालको पर्यटन विस्तारका लागि प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : २८ बजे

क्रिकेटको जोश, संगीतको ऊर्जा : एक्स्ट्रीम एन्थम सार्वजनिक !

काठमाडौं– क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको

शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच