रूसी ग्यास जर्मनी पुर्‍याउने नोर्ड स्ट्रीम १ पाइपलाइन बन्द « Khabarhub

रूसी ग्यास जर्मनी पुर्‍याउने नोर्ड स्ट्रीम १ पाइपलाइन बन्द


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाल्टिक सागर भएर जर्मनी जाने रूसी ग्यास नोर्ड स्ट्रीम १ पाइपलाइनबाट १० दिनका लागि आपूर्ति अवरुद्ध भएको छ । उक्त पाइपलाइनको रूसी–ग्यास कम्पनी ग्याजप्रोमले वार्षिक तालिकाअनुसार मर्मतसम्भार कार्यका लागि उक्त कदम चालिएको जनाएको छ ।

यद्यपि, जर्मनीका मन्त्रीहरूले बर्लिनमाथि दबाब दिनका लागि राजनीतिक रूपले उक्त कदम चालिएको बताएका छन् । जर्मनीका अर्थमन्त्रीले रूसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तम्तयार रहनुपर्ने बताएका छन् ।

चेक गणतन्त्रका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रूसले उपयोग गरिरहेकोमा चिन्ता व्यक्त गरे ।

जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा अब ग्यास आपूर्ति निरन्तर रहनेमा आशङ्का व्यक्त गरेको छ । यसअघि नै ग्यास आपूर्ति साविकमा हुनेको ४० प्रतिशत मात्रै हुने गरेको थियो ।

मस्कोले आर्थिक प्रतिबन्ध तथा टर्बाइनमा समस्यालाई त्यसको कारण बताएको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : २१ बजे

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको