परिवारमा एक जनालाई पत्थरी भए सबैले जचाँउनुपर्छ « Khabarhub

डा.महेश अधिकारीसँग ‘पत्थरी’ संवाद

परिवारमा एक जनालाई पत्थरी भए सबैले जचाँउनुपर्छ

‘प्रशस्त पानी पिउने र कोखा दुख्यो भने तुरुन्त परीक्षण गर्नुपर्छ’



पछिल्लो समय मानिसमा पत्थरीको समस्या धेरै हुने गरेको छ। हामीले दैनिक खाने खानामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने चिकित्सकको भनाइ छ। माछा मासु जस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकले बताएका छन्। कफी, चियाहरू चिसो पेय र पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने गर्दछ। मिर्गौलाको जोडी पिठ्युँको ठिकमध्ये भागमा करङको ठिक मुनी रहेको हुन्छ। पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरी देखिन सक्छ। मिर्गौलामा क्याल्सियम, फस्फेट, युरिक एसिड र अग्जालेट गरी ४ थरी पत्थरी हुने गर्दछन्। हाम्रा केही गल्ती र लापरबाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुन सक्छ। यस्तै विषयमा आधारित भएर मेडिसिटी अस्पतालमा कार्यरत युरोलोजिस्ट डा. महेशबहादुर अधिकारीसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

मिर्गौलामा पत्थरी कसरी हुन्छ, मुख्य कारण के हो ?
पहिलाको तुलनामा अहिले यो समस्या धेरै देखिनुका कारणहरू धेरै छन्। पहिला भन्दा धेरै डाइग्नोसिस उपायहरू देखिन थालेका छन्। सिटी स्क्यानहरू भएका हुन्छन्। मान्छेको खानेकुरा पनि एक हो। जुन धेरै बिजी लाइफ मान्छेहरूमा छ। धेरै हिँड्ने मानिसमा पानीको मात्रा कम हुन्छ। जन्मजात पनि बाबुमा स्टोन छ भने छोरामा र दाजुभाइमा पनि हुने हुन्छ। यो समस्या वंशाणुगत रुपमा पनि देखिएको छ।

पत्थरी हुने धेरै समस्या र कस्तो मानिसरुमा बढी हुन्छ ?
यो भनेको बढी सक्रिय हुने मानिसहरूमा हुन्छ। २० देखि ५० वर्षसम्मको मानिसमा हुन्छ। बढी काममा हिँड्ने खान पान पनि मिल्दैन र पानी पनि प्रशस्त पुग्दैन र पत्थरी हुन्छ। कोखमा हल्का दुख्दा इग्नोर गरेर हिँड्छन्। धेरै दुख्दा महिलाले बच्चा पाउँदा दुखेजस्तै गरे दुख्छ। त्यो भयो भने मात्र अस्पतालमा पुग्ने गर्छन्। जसले गर्दा पनि समस्या बढेको छ।

पत्थरी छ भनेर थाहा पाउने उपाय चाहिँ के हो ?
पिसाबकै कारणले मात्र त हुँदैन। पत्थरी विभिन्न स्थानमा हुन सक्छ। मिर्गौलामा हुन सक्छ। मुत्राशयमा हुन सक्छ, पिसाबको थैलीमा हुन सक्छ। केटा मान्छेमा पिसाब आउने बाटो लामो हुन्छ। त्यहाँ पनि अड्केको हुन सक्छ। युरेटरमा भयो भने धेरै दुख्छ, पिसाबको थैलीमा भयो भने छिटो छिटो पिसाब लाग्ने हुन्छ।

पत्थरी भयो भने कस्तो अवस्थामा अप्रेसन गर्नुपर्छ ?
आजकल हेल्थ चेकअप गराई रहने हुन्छ। जसले गर्दा सुरुमा सानै हुँदा थाहा हुन्छ। यो एक पटक भए पछि अर्को पटक पनि दोहोरीन सक्छ। किनभने पत्थरी निस्के पनि उसको पिसाब र रगत शरीरमा नै रहन्छ। हामीले के कारणले पत्थरी बनेको छ भनेर शरीरमा क्याल्सियम युरिक एसिडदेखि लिएर २४ घण्टाको पिसाब राखेर पनि जाँच गरिन्छ। कसैलाई दुख्दैन र थाहा नपाई भित्र भित्रै मिर्गौला बिग्रिन्छ। कतिपय बिरामीको त दुई वटै किड्नी बिग्रिन्छ।

पत्थरी भएर अस्पताल पुगेपछि उपचारमा कसरी ध्यान दिने ?
उपचारमा सबै भन्दा पहिला त केयर गर्नु पर्दछ। बन्नै नदिने भन्ने त हुँदैन। तर, यसलाई ढिलो नहोस भनेर विभिन्न खानपिनमा ध्यान दिने। गेडागुडी खाने माछा मासु कम खाने, पानी प्रशस्त पिउने। काजु बदामहरू, चकलेटहरू कम खाने, सानोमा नै यो फाल्नको लागि प्रशस्त मात्रमा पानी खानु पर्दछ। कुन साइजमा पत्थरी छ भनेर थाहा पाउनु पर्दछ। सानो पत्थरी ५ एमएम भन्दा सानो छ भने पानीबाट नैै जान्छ। ठुलो स्टोन भएको छ भने पानीबाट जाँदैन र त्यो कुन ठाउँमा छ थाहा पाउनु पर्छ। पहिला पिसाबको थैलीमा धेरै हुन्थ्यो तर अहिले यो समस्या अरु ठाउँमा पनि देखिन्छ।

पछिल्लो समय अप्रेसन नै नगरी पत्थरी निकाल्ने प्रविधिको विकास भएको भन्ने गरिन्छ, त्यो कस्तो छ ?
प्रविधि धेरै विकास भएको छ। पत्थरीको सबै उपचार नेपालमा हुन्छ। उपचार मात्र नभई सबै हस्पिटलमा विशेषज्ञहरू राम्रो हुनुहुन्छ। अत्यन्तै ठूलो पत्थरीको लागि मात्र चिरफार गर्ने हो। तर, अरू सबैको लागि पिसाबको नलीबाट दुर्बिन छिराएर मिर्गौलाकै पत्थरी पनि निकाल्न सकिन्छ। मिर्गौलाको पत्थरीलाई बाहिरबाट नै ‘सकओएप’ हानेर पनि निकाल्न सकिन्छ। अलिकति ठूलो भए मिर्गौलालाई प्वाल पारेर पनि पत्थरी निकाल्न सक्छौँ। यो सबै सुविधा नेपालमा विकास भइसकेको छ।

पत्थरी भइसकेपछि कसरी त्यसको असर कम गर्न सकिन्छ ?
पत्थरी भइसकेपछि कुन ठाउँमा छ भनेर भिडियो एक्स–रे गरेर हेरिन्छ। शंका लागेपछि सिटी स्क्यान पनि गर्नु पर्दछ। म कार्यरत मेडिसिटी अस्पतालमा संसारमा पत्थरीको लागि हुने सबै सुविधा छ। सस्तो मूल्यमा पनि गरिन्छ। अरू सबै अस्पतालमा राम्रो सुविधा छ। काठमाडौँ भन्दा बाहिर पनि राम्रो विकास भएको छ।

पत्थरी हुनै नदिने उपायहरु के के छन् ?
पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ। नुन धेरै नखाने, माछा मासु थोरै खाने जङ फुडहरू धेरै नखाने गर्नुपर्छ। पत्थरी सानो भयो भने पानी खाएर पनि निकाल्न सकिन्छ। तर, यसलाई बेवास्ता गरियो भने चिरफार नै हुँदैन भन्ने होइन, सानो अप्रेसन हुन्छ। परिवारमा एक जनामा पत्थरी भयो भने त्यो घरको अरू मानिसहरूले समय समयमा परीक्षण गर्नु पर्दछ। र, सबैले समय समयमा जाँच गराउनु पर्दछ। (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : ०३ बजे

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा युवकको मृत्यु

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ मिलरोडमा आफ्नै घरको छतबाट

विदेशबाट फर्किएर स्वदेशमै उद्यम, मनग्य आम्दानी

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर

तोलाको १ लाख नजिक पुग्यो सुनको मूल्य, चाँदीको कति?

काठमाडौं – बिहेको सिजनमा सुन महँगिएको छ । नेपालमा सुनको

चुनाव जितेपछि देवेन्द्र पौडेलले भने- ‘जनतासँग गरेको वाचा पूरा गर्छु’

गलकोट – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग

उपमहासचिव पुन फलोअप उपचारका लागि आज चीन जाँदै

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन फलोअप