सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै : दलले सिटमा दाबी प्रस्तुत गर्दै « Khabarhub

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै : दलले सिटमा दाबी प्रस्तुत गर्दै


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक बिहीबार बस्दैछ।

नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह २ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरेर शीर्ष नेतृत्वहरुलाई सुझाव पेश गर्नेछन।

कार्यदलको बैठकमा सबै दलले आ-आफनो सिटका बारेमा दाबी पेश गर्नेछन् र सो दाबी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन्।

सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २-२ सदस्य रहेका छन्। सत्ता गठबन्धनमा सहभागी दलले मंसिर ४ गतेको चुनावका लागि सिटबाँडफाँटको तयारी गरेका हुन्।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : ०६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय