बिहान १० बजेसम्मका मुख्य १० समाचार « Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्:

१. गठबन्धनको सिट बाँडफाँड कार्यदल समितिको बैठक बस्दै
सत्तारुढ दलहरूले सिट बाँडफाँडको खाका बनाउन गठन गरेको कार्यदलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउने विषयमा छलफल हुने कार्यदलका संयोजक समेत रहनुभएका कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए।

बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ ।

२. केरुङ–काठमाडौँ रेलवे अध्ययनमा चीनले अनुदान दिने
चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यी बीच चीनको पूर्वी शहर छिङताओमा भएको दुई पक्षीय वार्तामा चिनियाँ विदेश मन्त्री वाङले अनुदानमा रेलमार्गको सम्भाव्यता अध्ययन गरिदिने बताएका हुन् ।

चिनियाँ पक्षको प्रारम्भिक अन्ययनबाट ७२ दशमलव २५ किलोमिटर लामो रेलमार्ग बनाउन दुई खर्ब ५७ अर्ब रुपैयाँ खर्च र नौ वर्षको समय लाग्ने देखाएको छ । चीनले आफैँले विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने घोषणा गरेको छ ।

३. पहिरोले दोलखाको खिलिखिम बजार नै जोखिममा
दोलखाको विगु गाउँपालिका–४ मा अविरल वर्षापछि आएको पहिरोले आधा दर्जन घर पुरेको छ । गए राति परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारका घर पुरेको जनाइएको छ । पहिरो खस्ने क्रम नरोकिएको र उक्त बजारको बस्ती नै जोखिममा परेको जनाइएको छ ।

त्यस्तै सिंगटी बजारका ३० भन्दा बढी घरहरू पहिरोको जोखिममा परेका छन् । पहिरोले घर पुरिएका र जोखिममा परेकाहरूको उद्धार तथा पुन: स्थापनाका लागि प्रहरी, स्थानीय वासिन्दा र स्थानीय जनप्रतिनिधिहरू खटिएका छन् ।

४. देशभर  डेङ्गुका बिरामी बढ्दै, ललितपुर र रुपन्देहीमा सबैभन्दा धेरै
काठमाडौँ उपत्यकाससहित ६० जिल्लामा  डेङ्गुका बिरामी भेटिएको छ । पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डाक्टर गोकर्ण गौतमले गएको पुसदेखि हिजो सम्ममा ९ सय ४ जनालाई डेङ्गु भएको जानकारी दिए।

५. नासुहरुले आन्दोलन जारी राख्ने
राजपत्र आंकित प्रथम श्रेणीका कर्मचारी (नायब सुब्बा) हरूले निजामती विधेयकमा आफ्नो माग सम्बोधन गर्नुपर्ने माग राख्दै आज माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् ।

देशभरका नासु तहका कर्मचारी सोमबारदेखि आन्दोलनमा उत्रिएपछि सरकारी कार्यालयको कामकाज प्रभावित बनिरहेका बेला शक्ति प्रदर्शन स्वरूप पाँच वटै ट्रेड युनियन मिलेर माइतीघर मण्डलामा धर्ना दिन लागिएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए ।

६. जनै पूर्णिमा र गाईजात्रा एकै दिन
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको जनै पूर्णिमा (रक्षा बन्धन) र गाईजात्रा पर्व एकै दिन परेको जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज बिहान नै देखी पूर्णिमा सुरु हुने भए पनि तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि जनै पूर्णिमा मनाउन सकिने समितिले जनाएको हो यसैबीच भक्तपुरका दुई नगरपालिकामा आज नै जनै पूर्णिमा मनाइँदैछ ।

भक्तपुर र मध्यपुर थिमी नगरपालिकाले आज जनै पूर्णिमा मनाउन लागेका हुन् ।

७. अछाममा सडक र पुलका लागि ७४ करोड बजेट 
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले अछाममा चालु आर्थिक वर्ष २०७९/८० का लागि ७४ करोड बजेट विनियोजन गरेको छ । अछामका ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट प्राप्त भएको हो ।

पूर्वाधार विकास कार्यालय अछामबाट ती योजना सञ्चालन हुने जनाइएको छ ।

८. रासायनिक मल जिल्ला पठाउन सुरु
कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।

दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकताअनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिए।

९. युक्रेन आणविक संकटबारे आपत्कालीन बैठक बस्दै
युक्रेनको जापोरिज्जिया आणविक परिसरमा जारी संकट समाधान गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने भएको छ । रुस र युक्रेनले एक अर्कालाई बम विस्फोट गरेको आरोप लगाइरहेका बेला आज आपत्कालीन बैठक बस्न लागेको हो ।

रुसको अनुरोधमा परिषद्को बैठक बस्न जनाइएको छ । रुस परिषद्को स्थायी सदस्य हो । रुस बाहेक बेलायत, चीन, फ्रान्स र अमेरिका पनि परिषद्का स्थायी सदस्य हुन् ।

मंगलबार रुसले गरेको एक शक्तिशाली विस्फोटमा १४ जनाको मृत्यु भएको थियो ।

१०. पहिलो टी–ट्वान्टीमा न्युजिल्याण्डको जित
घरेलु टोली वेस्ट इन्डिज पहिलो टी–ट्वान्टीमा न्युजिल्याण्डसँग पराजित भएको छ । जमैकाको साविना पार्कमा आज बिहान भएको खेलमा पाहुना टोली न्युजिल्याण्ड १३ रनले विजयी भएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन मात्र बनायो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १० : ३९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६