३ महिनामा १ लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए | Khabarhub Khabarhub

३ महिनामा १ लाख ६० हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बितेको तीन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा १ लाख ६० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार २०७९ साल सुरु भएपछिको तीन महिना (वैशाख, जेठ र असार)मा उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।

सो अवधिमा विश्वका १८७ देशबाट कुल १ लाख ६० हजार ६८३ जना पर्यटक नेपाल आएको विभागले जनाएको छ ।

सोही अवधिमा नेपालबाट १ लाख ६८ हजार ८४७ जना पर्यटक स्वदेश फर्केका छन् ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो तीन महिनामा नेपालबाट सबैभन्दा बढी पर्यटक भारत, अमेरिका, बेलायत, बंगलादेश र अष्ट्रेलियाबाट आएका छन् ।

उक्त समयमा भारतबाट ७४ हजार ४६९, अमेरिकाबाट २२ हजार ७४८, बेलायतबाट ८ हजार ६०८, बंगलादेशबाट ७ हजार ६१६ र अष्ट्रेलियाबाट ५ हजार १७६ जना पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएका थिए ।

यस्तै, फ्रान्सबाट २ हजार ८१४, जर्मनीबाट २ हजार ४२३, क्यानडाबाट २ हजार ३७०, चीनबाट १ हजार ७९७, रुसबाट १ हजार ५६६, दक्षिण कोरियाबाट १ हजार २५०, स्पेनबाट १ हजार २८३, नेदरल्याण्ड्सबाट १ हजार २७७, सिंगापुरबाट १ हजार १९३, थाइल्याण्डबाट १ हजार १५१, बेल्जियमबाट १ हजार ७६, जापानबाट १ हजार ५२, इटालीबाट १ हजार ४३, फिलिपिन्सबाट १ हजार ३७, पाकिस्तानबाट ९९५, टर्कीबाट ९३२ र भियतनामबाट ८३७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १२ : ०५ बजे

मोबाइलमा आएको एउटा मेसेजले फेरिएको बाटो

काठमाडौंं – फिल्म क्षेत्रमा आफ्नो करिअर बनाउन दशक बढी संघर्ष

चेपाङ समुदायको उत्थानका लागि चिउरीका बेर्ना वितरण

चितवन– इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य

हाइकिङसँग जोडिँदै कालाबाङ घरेडी बुद्धउद्यान

गण्डकी– ‘हाइकिङ’मार्फत पोखरा आसपासका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आएको हाइकर्स

पदयात्रका लागि उत्कृष्ट गन्तव्य बन्दै ‘बुकीपाटन’

ढोरपाटन– हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान