काभ्रेमा स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन « Khabarhub

काभ्रेमा स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मङ्सिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन गरिएको जनाएको छ ।

कार्यालयका अनुसार खानीखोला गाउँपालिका–२ स्थित फलामेटारमा रहेको साविक गाविस भवन मतदान केन्द्र बालविकास माध्यमिक विद्यालयमा सारिएको छ । यस्तै तेमाल गाउँपालिका–९ मा रहेको कुशेश्वर मावि मेच्छे पौवाको मतदान केन्द्र वडा कार्यालयमा सारिएको छ ।

छ स्थानीय तहमा गरिएको मतदान केन्द्र परिवर्तनमध्ये सबैभन्दा धेरै नमोबुद्ध नगरपालिकामा परिवर्तन भएका हुन् । नमोबुद्ध–२ को जनकल्याण मावि बुच्चाकोटको केन्द्र वडा कार्यालयमा सारिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए । सोही नपा वडा नं ३ को कालिका आधारभूत विद्यालय भेँडाबारीबाट वडा कार्यालयमा सारिएको छ । त्यस्तै वडा नं ६ को कालिगङ्गा आधारभूत विद्यालय चरङ्गेफेदीबाट वडा कार्यालयमा सारिएको छ ।

नमोबुद्ध–९ को बागदेवी आधारभूत विद्यालय बाग्माराबाट नेपाने बुद्धपार्कमा मतदान केन्द्र सारिएको छ । वडा नं १० को च्यामथुम्का पाटीबाट पञ्चकन्या माविमा सारिएको छ । त्यस्तै पनौती नपा–२ को वडा भवन कुशादेवीबाट कुशादेवी माविमा सारिएको छ । पनौतीकै वडा नं २ को ३ नं वडा कार्यालय नयाँपुलबाट आवासीय माविमा केन्द्र सारिएको हो । ६ नं को वडा कार्यालय दलिञ्चोकबाट स्थानीय गोरखनाथ आधारभूत विद्यालयमा केन्द्र सारिएको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ३ : २४ बजे

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा