दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो « Khabarhub

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

बाढीको कारण थप आठ जना अझै बेपत्ता रहेका पनि समाचारमा जनाइएको छ । दुई दिनको मुसलधारे वर्षाले राजधानीका सडक र सबवे स्टेशनमा बाढी पुगेको छ ।

राष्ट्रपति युन सुक–योलले एक सय १५ वर्षयताको सबैभन्दा ठूलो वर्षा भएको सोलको मौसम विभागले रिर्कड गरेको बताएका छन् ।

यस हप्ताको सुरुमा सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्वीरमा मानिसहरूका कम्मरसम्म पानी र ओभरफ्लो मेट्रो स्टेशनबाट हिँडिरहेको देखाएको छ ।

बाढीका कारण मृत्यु भएका ११ जनामा छ जना सोल, तीन जना ग्योन्गी र दुई जना ग्याङ्वोन प्रान्तमा रहेका आन्तरिक मन्त्रालयले जनाएको छ ।

बेपत्ता भएका आठ जना भने राजधानी सहरका रहेका समाचारमा जनाइएको छ । पाँच हजार तीन सयभन्दा बढी मानिस आफ्नो घर खाली गर्न बाध्य भएका पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ५ : २५ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको