राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा हुमागाईं नियुक्त  « Khabarhub

राष्ट्रिय फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा हुमागाईं नियुक्त 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टिमको कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले वर्तमान प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बिदामा रहेकाले कार्यवाहक प्रशिक्षकको रूपमा हुमागाईंलाई नियुक्त गरेको सहभागी एक सदस्यले  बताएका छन् ।

कुवेतमा आयोजना भएको एएफसी एसियन कप छनोटपछि अब्दुल्लाह बिदामा बसेका छन् । हाल उनी कुवेतमै छन् ।

नेपालले अर्को महिना बङ्गलादेशसँग घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ । सोही खेलका लागि हुमागाईंलाई प्रशिक्षक नियुक्त गरिएको हो ।

हुमागाईं अन्तिम पटक नेपाल सुपर लिगमा ललितपुर सिटी एफसीमा अनुबन्ध भएका थिए  । त्यस अघि उनीसँग शीर्ष डिभिजन क्लब थ्री स्टारमा काम गरेको अनुभव छ । हाल उनी अमेरिकामा रहेका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ५ : ४३ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण