‘लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ’  « Khabarhub

‘लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकारको संरक्षण हुन्छ’ 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्रमा मात्रै विरोध गर्न पाउने अधिकार संरक्षण हुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा ‘सामाजिक परिवर्तन र मानवअधिकारका लागि युवा’ विषय अन्तर्गत एमनेस्टि इन्टरनेसनल नेपालले काठमाडौंमा आयोजना गरेको प्रोटेक्ट द प्रोटेस्ट (विरोधको संरक्षण गरौं) कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् ।

मानव अधिकारका लागि व्यक्तिको मर्यादा (ह्युमेन डिग्नीटी) महत्वपूर्ण हुने र डिग्नीटी व्यक्तिको सार्वभौमिकतासँग जोडिएको हुने भएकाले व्यक्ति सार्वभौम हुन अथवा व्यक्तिको डिग्नीटी बचाउन भोक र भएबाट मुक्त हुन आवश्यक रहेको महरको भनाइ थियो ।

सामाजिक परिवर्तन, न्याय, मानवअधिकार र विधिको शासन स्थापनका लागि युवा पुस्ताको सहभागिता तथा भूमिका महत्वपूर्ण हुने महरले बताए । ‘युवा निर्भय हुन्छ । आँटिलो हुन्छ । मन, मस्तिष्कमा अरुले गरेको अन्यायप्रति उदाशीन रहन मन लाग्दैन । त्यो युवाले मानव अधिकारका बारेमा बोल्नुपर्दा दुई/तीन कुरा ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ । ह्युमन डिग्नीटीसँग मानिसको सार्वभौमिकता जोडिएको हुन्छ । सार्वभौमिकता जोगाउन दुई वटा कुरा आवश्यक छ । भोक र भयबाट मुक्त हुन युवा मुक्त हुन आवश्यक छ,’ उनले भने।

‘फरक विचार र दृष्टिकोण राख्नु, चित्त नबुझेको वा सैह्य तथा न्यायोचित नलागेको सवालमा विरोध जनाउनु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषय हुँदाहुँदै पनि पछिल्लो समय विभिन्न अतिक्रमण र दमनका कारण विरोधको अधिकार माथि प्रहार भइरहेकोले युवाहरूले आफ्नो जोशपूर्ण सक्रियता र सामाजिक परिवर्तनका साथै आफ्नो वैकल्पिक प्रस्ताव र युवाको फरक दृष्टिकोण निर्भयका साथ राख्न छोड्नु हुँदैन,’ उनले भने ।

लोकतन्त्रको चौथो लहरसँगै मानिसका आवश्यकता बोध भए अनुसार अधिकारहरू पनि थपिँदै गएका र यो चौथो लहरमा पहिचानसँग सम्बन्धित अधिकार, उत्तर आधुनिक विकास, जलवायु परिवर्तनलगायत थुप्रै विषय थपिँदै गएको महर बताउँछन् । थुप्रै युरोपियन मुलुकमा त झन ‘युथनेसिया’ मर्न पाउने अधिकारको मागसमेत उठ्न थालेकोले युवाले इनोभेटिभ आइडियासहितको प्रोटेस्ट गर्नुपर्नेमा महरको जोड् छ ।

युवा दायित्व नभएर सम्पत्तिका रुपमा हुनुपर्ने र युवा इन्जिनका रुपमा रहनुपर्ने महरले बताए । सबै जसो अधिकारको प्राप्तिका लागि र प्रोटेक्सप्रोटेक्टका लागि अधिकार अनिवार्य हुने उनले बताए ।

महरले आफ्नो कर्तव्य पालना नै मानव अधिकारको पहिलो खुड्किलो भएको समेत बताए । महरले इनोभेटिभ रुपमा समाजमा योगदान पुर्‍याउनसक्ने युवा अहिलेको आवश्यकता रहेको बताए । उनले अहिले सामाजिक युग भएकाले युवाहरूले आफूलाई त्यही अनुरुप अघि बढाउनुपर्ने औंल्याए ।

‘अहिले हामीले रोजगारीको अधिकार, खाध्य सुरक्षाको अधिकार, स्वास्थ्यको अधिकारलाई नेपालको संविधानमा राखेका छौं । यो अधिकारको पूर्ति नभइकन डेमोक्रेसीले काम गर्न सक्दैन । त्यसैले यी सबै अधिकारको उपलब्धता डेमोक्रेसीमै हुन्छ,’ महर भन्छन् । विरोध सधैँ रचनात्मक हुनुपर्ने महरले बताए । रचनात्मक विरोधले सधैँ राज्यलाई सहयोग गर्ने उनको धारणा छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : २३ बजे

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

सिन्धुपाल्चोक– तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।