इतिहासकै खराब खडेरीका कारण १० लाख सोमाली विस्थापित « Khabarhub

इतिहासकै खराब खडेरीका कारण १० लाख सोमाली विस्थापित


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियामा इतिहासकै सबैभन्दा खराब खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसीआर) र नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) का अनुसार विस्थापितहरुमध्ये सात लाख ५५ हजारभन्दा बढी मानिस देशकै सीमाभित्र बस्न बाध्य भएका छन् ।

सोमालिया, इथियोपिया र केन्यालगायत पूर्वी अफ्रिकामा रहेका मुलुकहरु ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । अपेक्षित पाँचौं असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित रहेको जनाइएको छ ।

सोमालियामा एनआरसीका राष्ट्रिय निर्देशक मोहम्मद अब्दीका अनुसार १० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो ।

उनले भने, “भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ । हामीले धेरै भन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौं किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन । धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ ।’’

जलवायु परिवर्तन र युक्रेनमा जारी युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यले मुलुकमा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने युएनएचसीआरको अनुमान छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले बाली तथा पशुपन्छी उत्पादन व्यापक मात्रामा असफल भएमा, वस्तुको मूल्य वृद्धि भइरहेमा र मानवीय सहायता अति जोखिममा रहेका मानिसहरुसम्म पुग्न नसके सेप्टेम्बर महिनासम्ममा आठ क्षेत्रमा अनिकालको ठूलो जोखिम हुने चेतावनी दिएको थियो ।

सोमालियाका लागि युएनएचसीआरका प्रतिनिधि म्यागाटे गुइसले भने, “सोमालियाको अवस्था पछिल्लो सङ्कटभन्दा पहिले नै सबैभन्दा कम आर्थिक सहायता प्राप्त भएको थियो । हामीसँग अपर्याप्त स्रोत साधन छ । अन्तर्राष्ट्रिय समुदायले जीवन रक्षा गर्न र यस मानवीय प्रतिक्रियालाई समर्थन गर्न कदम चाल्नुपर्छ ।’’

द्वन्द्वग्रस्त एवम् असफल राष्ट्र सोमालिया यस्तो संकटको सामना गर्न असक्षम रहेको टिप्पणी गरिन्छ । इस्लामिक विद्रोहले देशको केही भागहरूमा मानवीय पहुँचलाई सीमित गरेको छ । आतंककारी संगठन अल कायदासँग आबद्ध मानिने अल–सबाब लडाकु समूहले हालैका महिनाहरूमा सोमालियामा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : ०६ बजे

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल

खोटाङ- खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्की