इतिहासकै खराब खडेरीका कारण १० लाख सोमाली विस्थापित | Khabarhub Khabarhub

इतिहासकै खराब खडेरीका कारण १० लाख सोमाली विस्थापित


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सोमालियामा इतिहासकै सबैभन्दा खराब खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसीआर) र नर्वेजियन शरणार्थी परिषद् (एनआरसी) का अनुसार विस्थापितहरुमध्ये सात लाख ५५ हजारभन्दा बढी मानिस देशकै सीमाभित्र बस्न बाध्य भएका छन् ।

सोमालिया, इथियोपिया र केन्यालगायत पूर्वी अफ्रिकामा रहेका मुलुकहरु ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन् । अपेक्षित पाँचौं असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित रहेको जनाइएको छ ।

सोमालियामा एनआरसीका राष्ट्रिय निर्देशक मोहम्मद अब्दीका अनुसार १० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो ।

उनले भने, “भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ । हामीले धेरै भन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौं किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन । धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ ।’’

जलवायु परिवर्तन र युक्रेनमा जारी युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यले मुलुकमा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने युएनएचसीआरको अनुमान छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले बाली तथा पशुपन्छी उत्पादन व्यापक मात्रामा असफल भएमा, वस्तुको मूल्य वृद्धि भइरहेमा र मानवीय सहायता अति जोखिममा रहेका मानिसहरुसम्म पुग्न नसके सेप्टेम्बर महिनासम्ममा आठ क्षेत्रमा अनिकालको ठूलो जोखिम हुने चेतावनी दिएको थियो ।

सोमालियाका लागि युएनएचसीआरका प्रतिनिधि म्यागाटे गुइसले भने, “सोमालियाको अवस्था पछिल्लो सङ्कटभन्दा पहिले नै सबैभन्दा कम आर्थिक सहायता प्राप्त भएको थियो । हामीसँग अपर्याप्त स्रोत साधन छ । अन्तर्राष्ट्रिय समुदायले जीवन रक्षा गर्न र यस मानवीय प्रतिक्रियालाई समर्थन गर्न कदम चाल्नुपर्छ ।’’

द्वन्द्वग्रस्त एवम् असफल राष्ट्र सोमालिया यस्तो संकटको सामना गर्न असक्षम रहेको टिप्पणी गरिन्छ । इस्लामिक विद्रोहले देशको केही भागहरूमा मानवीय पहुँचलाई सीमित गरेको छ । आतंककारी संगठन अल कायदासँग आबद्ध मानिने अल–सबाब लडाकु समूहले हालैका महिनाहरूमा सोमालियामा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : ०६ बजे

विश्व नेताहरू फ्रान्सिसको अन्त्येष्टिमा उपस्थित हुने

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसम्मका

बेगनास तालमा सशस्त्र प्रहरीको कम्युनिटी सर्च एन्ड रेस्क्यु अभ्यास 

पोखरा– बेगनास तालमा कम्युनिटी सर्च एन्ड रेस्क्यु तालिम र विपद्

भूमिसम्बन्धी ऐन परिमार्जनको तयारी भइरहेको छ : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी

रोबर्टो कार्लोस : ‘फरवार्ड’बाट झरेर ‘लेफ्ट–ब्याक’बनेका सर्वकालीन महान् फुटबलर

काठमाडौं – फुटबलका लिजेण्ड रोबर्टो कार्लोस । उनको जन्म १०

‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति