प्रहरीलाई चुनावको चटारो : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव « Khabarhub

प्रहरीलाई चुनावको चटारो : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् ।

राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले पनि आफ्नो तयारीलाई तीव्रता दिएको छ । आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समयसीमा दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमसमेत स्वीकृत भइसकेको छ ।

भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा प्रभावकारी बनाउनुपर्ने अवस्थालाई मध्यनजर गरी नेपाल प्रहरीले पनि आफ्नो तयारी तीव्र पारेको छ ।

निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने निष्कर्ष निकालेर गृहमन्त्रालयमा प्रस्ताव पेश गरेको छ । यो सङ्ख्या गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचको भन्दा २० हजारले बढी हो । त्यसबेला एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

एक जना उच्च प्रहरी अधिकृतले समानुपातिक निर्वाचनसमेत हुने भएकाले यसपटक साविक सङ्ख्यामा थप २० हजार म्यादी प्रहरी थप गर्ने गरी प्रस्ताव गरिएको जानकारी दिए ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भने सङ्ख्या यकीन हुन भने बाँकी रहेको बताए । “नेपाल प्रहरी निर्वाचनतर्फ केन्द्रित भइसक्यो”, महानिरीक्षक सिंहले भने, “निर्वाचन सम्पन्न गर्न चाहिने म्यादी प्रहरीको भर्ना, उनीहरुको सङ्ख्या, खर्च, नेपाल प्रहरी परिचालनमा लाग्ने खर्चलगायत प्रारम्भिक चरणको खाकासहित आवश्यक तयारीका सन्दर्भमा गृहमन्त्रालयमा प्रस्ताव पेश गरिसकेका छौँ ।”

उनका अनुसार मतदानस्थल परिवर्तन नभए पनि पहिलेभन्दा अहिले मतपेटिका दुई ठाउँमा रहने भएकाले पनि जनशक्ति थप आवश्यक हुन्छ र स्थानीय निर्वाचनभन्दा म्यादी प्रहरीको सङ्ख्या बढ्छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक निर्वाचन हुने भएकाले पनि एक ठाउँमा मत खसालिसकेपछि पुनः अर्को ठाउँमा मत खसाल्नुपर्ने अवस्था रहने हुँदा सुरक्षा जनशक्ति बढी आवश्यक पर्ने उनको आँकलन छ ।

त्यसका साथमा अपराध नियन्त्रण तथा सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण एवं अपराधमा समेत प्रहरीको ध्यान केन्द्रित रहेको उनले बताए ।

यसअघि ४० दिनका लागि भर्ना भएको र अहिले पनि सोही अवधिका लागि म्यादी प्रहरी भर्ना गरिने जनाइएको छ । यसअघि भर्ना भएका म्यादी प्रहरी, पूर्वसुरक्षाकर्मीलाई नै प्राथमिकता दिने पनि उनले जानकारी दिए ।

निर्वाचनको तयारीस्वरूप नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाको संयोजकत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । सेलले आफ्नो तयारी गरिरहेको थापाले जानकारी दिए । जिल्ला जिल्लामा समेत सोहीअनुसारको संयन्त्र निर्माण गर्नेगरी तयारी भइरहेको छ ।

प्रहरीले आवश्यक हातहतियार, सवारीसाधन, सञ्चार साधनको माग गरेको छ । सवारी साधनको हकमा खरिद गर्ने भन्ने कुरा भएको एक प्रहरी अधिकृत बताउँछन् । तर हातहतियार र सञ्चार साधन खरिद गर्ने विषय भने रोकिएको जनाइएको छ ।

यद्यपि मतदानस्थल र मतदान केन्द्र तय भएपछि भने सुरक्षाका सबै तयारीका काम औपचारिकरूपमा अघि बढ्ने जनाइएको छ । नेपाल प्रहरीले विगतमा स्थानीय तहको निर्वाचनमा पाएको प्रशंसालाई सङ्घीय निर्वाचनमा कायमै राख्नुपर्ने चुनौती छ । त्यसैले सोहीअनुसारको तयारी गरिरहेको महानिरीक्षक सिंहले बताए ।

यसपटक पनि आपराधिक समूहको गतिविधि नहुने प्रहरीको विश्लेषण छ । दल र तिनका कार्यकर्ताबीच हुने झडप बढी चुनौतीपूर्ण देखिएको प्रहरीको निष्कर्ष छ । तर निर्वाचन आउन अझै १०० दिन बाँकी रहेकाले पनि अहिले नै सबै निर्क्यौल गर्न सकिने अवस्था नरहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : ३३ बजे

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या