प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन पारदर्शी हुन्छ: महानिरीक्षक सिंह « Khabarhub

प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन पारदर्शी हुन्छ: महानिरीक्षक सिंह


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी सङ्गठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

आफ्नो कार्यकालको सय दिन पुगेका अवसरमा आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कनलगायतका हरेक काम सङ्गठनको प्रणालीअनुरूप पारदर्शीरूपमा भएको प्रष्ट पारे ।

साङ्गठनिक सुधारका लागि आठ लक्ष्यसहित कार्ययोजना, २०७९ लागू गरेको जानकारी गराउँदै उनले मिटरब्याजी, तस्करी, वित्तीय अपराध, सीमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबर्जस्ती करणीलगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रहरी सङ्गठनको श्रीवृद्धि तथा सुदृढीकरणका लागि आगामी दिनमा समेत सञ्चारजगत्बाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए । महानिरीक्षक सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीले कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए । कानूनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारी प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारवाही गरिने उनले बताए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गरे । उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नका लागि प्रारम्भिक चरणका कार्यसमेत थालनी भइसकेको जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : ५२ बजे

गरिबीले रोकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा– दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या