बैतडीमा बढे सम्बन्ध विच्छेदका घटना « Khabarhub

बैतडीमा बढे सम्बन्ध विच्छेदका घटना


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा तीन वर्षको अवधिमा सम्बन्ध विच्छेदका ८५ वटा मुद्दा दर्ता भएका छन्। जिल्ला अदालत बैतडीका स्रेस्तेदार जनक बोहराका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सम्बन्ध विच्छेदका ३४ वटा मुद्दा दर्ता भएका हुन्। तीमध्ये २९ मुद्दा फर्छ्यौट भइसकेका र ५ वटा फर्छ्यौट हुन बाँकी रहेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा सम्बन्ध विच्छेदका २५ वटा मुद्दा दर्ता भएका थिए। यस्तै आर्थिक वर्ष २०७७/७८ मा २६ मुद्दा दर्ता भएको जिल्ला अदालतको तथ्यांक छ।

यो तीन वर्षको तथ्यांक हेर्दा यहाँ सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्। शुद्ध सम्बन्ध विच्छेद नभएर अंश जोडिएर आएका सम्बन्ध विच्छेदका मुद्दा रहेका बोहराको भनाइ छ।

सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने पुरुषको भन्दा महिलाको संख्या बढी रहेको अदालतले जनाएको छ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १० : ५६ बजे

राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्