समता फुटबल प्रतियोगिता : नमस्ते सुपरको विजयी सुरुवात | Khabarhub Khabarhub

समता फुटबल प्रतियोगिता : नमस्ते सुपरको विजयी सुरुवात


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेलमा सुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको छ ।

समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सुरु गरिएको खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पछि पार्दै नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको हो । नमस्ते सुपर खोटाङ यातायात प्रालिले २ गोल गर्दा नगरपालिकाले कुनै पनि गोल गर्न सकेनन् ।

आइतबार तीन वटा खेल हुने छन् । पहिलो खेल बिहान ११ बजेर ३० मिनेटदेखि योङ व्वाइज फुटबल क्लव र खोटाङ सिमपानी क्लवबीच हुने समता फुटबल क्लव सचिव सुमन हिङमाङले बताए ।

यस्तै, दिउँसो साढे १ बजेदेखि बाम्राङ फुटबल क्लव र नेर्पा स्पोर्टस् क्लव तथा साढे तीन बजेदेखि इन्द्रेणी पोखरी सामाजिक विकास क्ल्व र युवा जागरण क्लवबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले प्रतियोगिता उद्घाटन गरेका थिए ।

प्रतियोगितामा जिल्लाका क्लव, वडा र संघसंस्था गरी १७ टिमको सहभागीता रहेको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५१ हजार १११, दोश्रो स्थान प्राप्त गर्ने टिमले २७ हजार ७७७ र तेश्रो स्थान प्राप्त गर्ने टिमले १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, सर्वाधिक गोलकर्तालाई नगद तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डरलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : २६ बजे

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो

उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन

कप्तानी डेब्यूमै साम्बाको पाँच गोल

काठमाडौं – उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत