कांग्रेस विरुद्धको तालमेल तोड्न सत्ता गठबन्धन | Khabarhub Khabarhub

कांग्रेस विरुद्धको तालमेल तोड्न सत्ता गठबन्धन


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सत्ता गठबन्धन सिट बाँडफाँटमा लामो समयदेखि अल्झिएको छ। गठबन्धन भित्र कुन दललाई कति सिट दिने भन्ने विषय टुंगोमा नपुग्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सहमति गराउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ। सिट संख्या जुटाउन नसकेपछि सिटौलाले गठबन्धनका शीर्ष नेतालाई कार्यदलले एक महिनामा गरेका गृहकार्य र करिब ९० निर्वाचन क्षेत्रमा भएको सहमतिसहितको प्रतिवेदन बुझाएका हुन्। अहिलेसम्म गठबन्धनमा सिट संख्यामा नै सहमति जुट्न नसकेपछि क्षेत्र बाँडफाँड कसरी होला ? सत्ता गठबन्धनमा लफडा हुँदा वाम गठबन्धन त हुने होइन ? यसै विषयमा आधारित भएर नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग खबरहबका लागि धिरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंश :

चुनाव नजिकिँदै गर्दा सिट बाँडफाँटको टुंगो लागेको छैन। यसले पार्टी र चुनावलाई कस्तो प्रभाव पार्नसक्छ ?
यो विषय धेरै पेचिलो हो। यो एउटा सत्ताको बाँडफाँट गरे जस्तो नै हो। यसका लागि धेरै समय गइसकेको छ र यसलाई पहिला पनि कार्यदलले टुंग्याउन गरेको प्रयास असफल भएको छ। तर, कुनै एउटै क्षेत्रलाई दुई दलले रोज्दा यो समस्या भयो। अब केही दिनमा टुंगिन्छ। अहिले नोमिनेसनको समय बाँकी नै छ। त्यसैले पहिला सिट संख्या छनोट गर्ने त्यसपछि क्षेत्र छनोट गर्ने र पछि उम्मेदवार छनोट गर्ने काम हुन्छ। बाहिरबाट हेर्दा यो अप्ठ्यारो छ। तर, भित्र बसेर निर्णय गर्न सजिलो छ। एक्लैको कोही छ भने आफैले निर्णय गर्छ र जान्छ। तर, धेरै मिलेको पार्टीमा सबैको आधारमा गर्दा ढिलो भएको हो।

नेकपा एमालेले आगामी निर्वाचनमा बहुमत ल्यायो भने केपी ओलीलाई प्रधानमन्त्री बनाउने भनेर अगाडि बढ्यो, गठबन्धनबाट चाहिँ को प्रधानमन्त्री बन्ने ?
निर्वाचनमा जाँदा प्रधानमन्त्री बनाउन पहिला नै भन्नु पर्दैन। बहुमत आएपछि सबै निर्णय भएर सबै प्रक्रिया अपनाएर छनोट गरिन्छ। एक्लो पार्टीले गरेको जस्तो चाँडो र पहिला नै निर्णय गर्न सकिँदैन। पहिला निर्वाचनमा पार्टीले जितेर संसदीय दलको नेता चुन्नुपर्छ। त्यसैले अहिले नै पार्टीगत रूपमा यो प्रधानमन्त्री भन्न मिल्दैन।

चुनावपछि युवा पुस्तालाई कांग्रेसमा हाबी गराउन केही सोच्नु भएको छ ?
हाम्रो पार्टीमा पुस्ता हस्ताान्तरण धेरै भएको छ। धेरै युवा नेतृत्वमा आएका छन्। अझ युवाको आकर्षण बढाउन कांग्रेसले काम गर्नुपर्छ। धेरै युवाहरू यो चुनावमा सांसद बन्नु हुनेछ।

निर्वाचनपछि नेपाली कांग्रेसले बहुमत ल्याएको अवस्थामा फेरि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने वा रामचन्द्र पौडेल वा गगन थापा अगाडि आउने भन्ने विषयमा तपाईंहरुबीच कुनै छलफल भएको छ ?
सबै जना हाम्रो पार्टीको नेता हो। जसले राम्रो गर्नु भएको छ उहाँले परिवर्तनका लागि भूमिका निर्वाह गर्नुपर्छ। पहिला पार्टीलाई जिताऔं र परिवर्तन भयो भन्ने वातावरणको सिर्जना भएको कुरालाई स्वीकार गर्दै त्यसपछि मात्र प्रधानमन्त्री छनोटको कुरा गरौँ।
भोलि काँग्रेसको सरकार आएपछि हामी यो काम गर्न चाहन्छौँ, मन्त्री र संसद् भएपछि हामी यो काम गर्न चाहन्छौँ भनेर आर्थिक जटिल समस्यालाई हटाएर कसरी आर्थिक विकास गर्न सकिन्छ रोजगारीको अवस्थालाई कसरी विकास गर्ने शिक्षा र स्वास्थ्यमा भएका असमानतालाई हामीले लक्षित गरेका छौँ।

यो निर्वाचनमा जनतालाई भन्न मिल्ने कांग्रेसले गरेका काम के के हुन् ?
हामी अहिले प्रधानमन्त्रीको हुने भन्दा पनि प्रधानमन्त्री भएपछि के गर्ने भनेर लाग्नु पर्दछ। हिजो गरेका कमजोरीलाई हामीले सुधारेर जाने भन्ने बारेमा सोच्नु पर्दछ। केपी ओली दुई तिहाइको सर्पोट पाएर सत्तामा जाँदा पनि उहाँले केही गर्न सक्नु भएन। यो लोकतन्त्रमा कमजोरी उठाउने र त्यसको आधारमा म ठिक छु भन्ने कुरा ठिक हो। कसैले एकलौटी गाली गर्ने भन्दा पनि आफू आफ्ना योजना र विकासमा ध्यान दिनु पर्दछ।

जनताहरूले कांग्रेस गठबन्धन नगरी एक्लै चुनावमा आएको भए हुन्थ्यो भनेका छन्। तपाईंहरू एक्लै चुनावमा जाने आँट किन गर्नु हुन्न ?
एक्लै आउनु त धेरै राम्रो हो। तर, हामी एक्लै आउने परिस्थिति भएन। हामी एक्लै जाँदा अरू दलहरू हाम्रो विरुद्धमा गठबन्धन गरेर जाने देखियो। त्यसैले हाम्रोविरुद्ध हुने गठबन्धन रोक्न पनि हामी एक्लै जाने कुरा भएन। सरकार बनाउँदा हामीले गठबन्धनबाट बनायौँ र त्यसैले सरकारको नेतृत्व गरेको दल हाम्रो कारणले रोक्ने कुरा पनि भएन।

माओवादीलाई एक्लै छोड्दा एमालेसँग मिल्ला भन्ने डर र आफू एक्लै जाँदा पहिलाकै अवस्था होला भन्ने भएर गठबन्धन गर्नु भएको हो ?
हिजो केपी वलीले हामीलाई एक्लो बनाएर आफूलाई प्रधानमन्त्री बनाउन गठबन्धन गर्नुभयो। उहाँले एउटा स्थिरता लिने अवसर थियो तर उहाँले आफ्नो पार्टीलाई नै जोगाउन सक्नु भएन। यो कुराबाट पाठ सिक्दै अबको गठबन्धन विश्वासिलो हुनुपर्छ।

अघिल्लो चुनावमा प्रदेशबाट उठ्नु भयो अब प्रतिनिधि सभाबाट उठ्ने तयारीमा हुनुहुन्छ ?
पहिला प्रदेशमा काम गर्ने इच्छा थियो। पाँच वर्ष काम पनि गरेँ। यो वर्ष नेपाली कांग्रेसको महामन्त्रीमा आफूलाई मैले प्रस्तुत गरिसके र मैले आफूलाई तनहुँको क्षेत्र नै २ बाट संघको उम्मेदवार बनाइदिन पाटीमा निवेदन पेस गरेको छु।

गठबन्धनमा तपाईंले मागेको क्षेत्र पाउनु भएन भने के हुन्छ ?
त्यो परिस्थिति अहिले देखिएको छैन। हामी जस्तैलाई पार्टीले छनोट गर्ने हो त्यसैले संघो उम्मेदवार बन्न म योग्य छु।

प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : १४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन