लाखे नाच ब्युँताउन जुटे लमजुङका युवा « Khabarhub

लाखे नाच ब्युँताउन जुटे लमजुङका युवा


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेवार समुदायको मौलिक परम्परा हो, लाखे नाच। लाखेको भेष पहिरिएर नाचिने  परम्परागत लाखे नाचले धेरैको ध्यान खिच्ने गर्दछ। ढलकी, सहनाइ झ्यालीको तालमा मुखुण्डो पहिरिएर नाचिने लाखे नाच निकै रोचक मानिन्छ।

मनोरञ्जनका साथै मौलिकता बोकेको तर पछिल्लो समय हराउँदै गएको लाखे नाचलाई जोगाउन अहिले लमजुङका नेवार समुदाय र यस समुदायका युवा पुस्ता जुटेका छन्।  विगतमा लमजुङमा गाउँ र टोल बजारमा लाखे नाच्ने चलन थियो। लाखे नाच हेर्नेको पनि घुइँचो लाग्दथ्यो। बीचका केही वर्ष कोरोना लगायतका विविध  कारणले पहाडी जिल्ला लमजुङमा लाखे नाच गाउँ, टोल बजारमा देखाइएन।

स्थानीयहरु भने आशा गरेअनुसार नयाँ पुस्ताको चासो र चिन्ताको अभावमा यो मौलिक संस्कृति हराउँदै जान थालेको हो कि १ भन्नेमा चिन्तित थिए। तर, यो मौलिक संस्कृतिको थप उजागर र संरक्षणमा अहिले लमजुङका नेवार समुदायका युवा लागि परेका छन्।

लाखे नाच संरक्षणका लागि नेवार समुदायका साथै अन्य समुदायका नयाँ पुस्तालाई पनि आवश्यक ज्ञान, सिप सिकाइनुका साथै विभिन्न पर्व, अवसरमा लमजुङ, तनहुँ, गोरखा र कास्की लगायतका जिल्लाका नागरिकलाई समेत समेटी लाखे नाच प्रतियोगिता समेत सञ्चालन गर्ने गरिएको नेवा खल सुन्दरबजार नगरपालिकाका अध्यक्ष नवराज श्रेष्ठले बताए।

लाखे नाचको आफ्नै धार्मिक एवम् सांस्कृतिक महत्त्व छ। तिथिअनुसार मनाइने लाखे नाच हरेक वर्ष नाग पञ्चमीबाट सुरु भई तीज पञ्चमीमा अन्त्य गरिने र यस अवधिमा पर्ने जनैपूर्णिमा, कृष्णअष्टमी र कुशे औँसी लगायतका पर्वमा पनि विशेष रुपमा लाखे नाच देखाइने परम्परा रहेको बेसीसहर नगरपालिका–११ चितीका अमृतकुमार श्रेष्ठले बताए।

यसवर्ष पनि ती पर्वको अवसरमा लमजुङमा लाखे नाच देखाइएको थियो। लाखे नाच्ने, लाखे नाचका लागि ढलकी, झ्याली बजाउने, र्‍यालीमा सहभागी हुनेमा युवापुस्ताको बाक्लै उपस्थिति देखिन्थ्यो।

पछिल्लो समय लाखे नाच लगायतका मौलिक संस्कृति संरक्षणमा पाको पुस्तालाई लमजुङका युवाहरूको पनि साथसहयोग मिलेको छ। लमजुङे युवाहरू मौलिक संस्कृति संरक्षणमा प्रत्यक्ष रुपमा जुटिरहेका र यसले संस्कृति संरक्षणमा थप जोड पुगेको लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारका युवा सरोजकुमार श्रेष्ठले बताए।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ५९ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका