सेप्टेम्बर ११ अमेरिकी इतिहासको कालो दिन « Khabarhub

सेप्टेम्बर ११ अमेरिकी इतिहासको कालो दिन


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – आज सेप्टेम्बर ११ अर्थात् अमेरिकी इतिहासको कालो दिन हो। सन् २००१ को सेप्टेम्बर ११ को मंगलबार आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो। हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो।

अतिवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिंगटनका महत्त्वपूर्ण भवनमा जोताएका थिए। दुई विमानलाई विश्व व्यापार केन्द्रको जुम्ल्याहा भवनमा विस्फोट गराइएको थियो। स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो। १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो।

विस्फोटपछि टावरमा दुई घण्टासम्म आगो लागेको थियो। ११० तले दुवै भवन ढलेर खरानी भएका थिए। ९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा विस्फोट भएको थियो।

अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुँदा विमान आकाशमै विस्फोट भएको थियो। ती सबै हमलामा १९ आक्रमणकारीसहित करिब ३ हजार जनाको मृत्यु भएको थियो। आक्रमणमा अर्बौँ डलर क्षति भएको थियो। साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको  अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो। आक्रमणमा संलग्न अन्य १५ जना पनि साउद अरबका थिए भने दुई जना युएई, एक जना इजिप्सेली र अर्का लेबनानका थिए।

हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो। बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस  प्रशासनले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो। आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो। अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो।

अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो। सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो। अतिवादीविरुद्धको दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर गत ३१ अगस्टमा स्वदेश फर्किएको थियो। अमेरिकी सेना स्वदेश फर्किन नपाउँदै तालिबानले अफगानिस्तान कब्जा गरेको थियो। अहिले तालिबानले अन्तरिम सरकार घोषणा गरिसकेको छ।

२० वर्ष लामो लडाइँमा तालिबानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धि पाउन सकेन। युद्धमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ। त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ।

-न्युजकारखानाबाट

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : २० बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका