नेपाललाई १० वर्षभित्र विकासको गतितर्फ लान सक्ने सम्भावना छ : प्रचण्ड « Khabarhub

नेपाललाई १० वर्षभित्र विकासको गतितर्फ लान सक्ने सम्भावना छ : प्रचण्ड


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौँ। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौँ।’

देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनको भनाइ थियो । देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि भएको बताउँदै प्रचण्डले भने, ‘पछाडि धकेलिँदै गएको देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छ। कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ५ : २० बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै