भारत सरकारद्वारा तेजस मार्क २ लडाकु विमानको विकासका लागि अनुमति प्रदान « Khabarhub

भारत सरकारद्वारा तेजस मार्क २ लडाकु विमानको विकासका लागि अनुमति प्रदान


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारले तेजस लडाकु विमानको विकासका लागि अनुमति दिएको छ । भारत सरकारको मन्त्रिपरिषद् अन्तरर्गत सुरक्षा समितिले तेजस लडाकु विमानको विकासका लागि अनुमति दिएको हो ।

यससँगै अब भारतले तेजस मार्क – २ नामक लडाकु विमान निर्माणको काम थाल्नेछ । लडाकु विमानको निर्माण, परीक्षण र अनुमोदन प्रक्रियाका लागि ६ हजार ५ सय करोड भारतीय रुपैयाँभन्दा बढी लागत लाग्ने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसैगरी भारत सरकारले पाचौँ पुस्ताको नयाँ अत्याधुनिक लडाकु विमानको विकासका लागि पनि चाँडै अनुमति दिने अपेक्षा गरिएको एएनआईले जनाएको छ ।

पाचौँ पुस्ताको विमानको विकासका लागि भने १५ हजार करोड भारतीय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

नयाँ तथा शक्तिशाली जीई–४१४ इन्जिन जडित तेजस मार्क २ ले यसअघिको तेजन मार्क १ भन्दा धेरै लामो समयसम्म उडान भर्नसक्ने एवम् अझ धेरै हतियार बोक्नेसक्ने जनाइएको छ ।

नयाँ लडाकु विमानको परीक्षण उडान दुई वा तीन वर्षभित्र गरिसक्ने र यसको औपचारिक उत्पादन भने सन् २०३० सम्म भइसक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : २३ बजे

सांसदहरुलाई रविले भने- सरकार बनेको बेलुकाबाट ढाल्न लाग्छन् सचेत हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित